२०८३ श्रावण १० आईतवार
२०८३ श्रावण १० आईतवार

डोटीको सायलको एक विद्यालयमा तोडफोड

डोटीः डोटीको सायल गाउँपालिका २ ग्वानीमा रहेको जनज्योती आधारभूत विद्यालयमा तोडफोड भएको छ । बिहीबार रातिको समयमा अज्ञात व्यक्तिले विद्यालयमा तोडफोड गरेको वडाध्यक्ष मान बहादुर सिंहले जानकारी दिए । उनले भने‘विद्यालयको ताला तोडी कार्यालयभित्र रहेका विभिन्न कागजात च्यातेर यत्रतत्र फालिएको अवस्थामा फेला परेका छन् ।’

विद्यालयका केही सामग्री अज्ञात व्यक्तिले लगेर गएको र बाहिर सडकामा फालेका कागजात पानीले भिजेको अववस्थामा भेटिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर सिंहले बताए । विद्यालयमा कसले र किन तोडफोड गर्यो भन्ने खुल्न नसकेको सिंह बताउँछन् ।

घटनाको बारेमा बुझ्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्र चन्दले बताए । गत असारमा यो विद्यालय यसै वडामा रहेको भवानी माध्यमिक विद्यालयमा गाभिएको थियो ।

विद्यालय गाभ्ने बेला बाल कक्षा यसै ठाउँमा सञ्चालन गर्ने सहमति भएको भएपनि त्यसयता कार्यालय खोल्नेबाहेक यस विद्यालयमा पठनपाठनका भएको छैन ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।