२०८१ फाल्गुन ५ सोमबार
२०८१ फाल्गुन ५ सोमबार

२० सेकेण्डमा कोरोनाको भाइरस खत्तम पार्ने सस्तो र सहज उपाय

 विगत ६ महिनादेखि केही चिजलाई लिएर सबै मानिसहरुको वानी नै परिवर्तन भइसकेको छ । जस्तो कि, कोरोना महामारीका कारण मानिसहरुले मास्क लगाउन, सेल्फ आइसोलेशन बस्न र सोसल डिस्टेन्सिङको बारेमा सचेत बनिरहेका छन् ।

अहिलेको समयमा सबै भन्दा महत्वपूर्ण कुरा हात धुनु पनि हो । तर, पछिल्लो समयमा सबैले मिचिमिची हात धुन कम गराइएको हो कि भन्ने आशंका गर्न थालिएको छ ।

गत फेब्रुअरीमा विश्वमै कोरोना महामारी तीब्र रुपमा फैलिरहेको समयमा स्वास्थ्य एजेन्सीहरुले कोरोना भाइरसबाट कसरी सुरक्षित रहन सकिन्छ ? भनेर सबैलाई सल्लाह दिदै आएका थिए ।

जहाँ तातो पानीले कम्तिमा २० सेकेण्डसम्म हात धुने सुझावलाई दिनदिनै विशेषज्ञहरुले महत्वपूर्ण बताएका थिए । बस्टन म्यासाच्युसेट्सको नर्थ–इस्टर्न विश्वविद्यालयका रसायन विज्ञान र रासायनिक जीव विज्ञानको एसोसिएट प्रोफेसर थमस गिलबर्टले कोरोना भाइरसलाई सिर्फ एक सस्तो सावुन र तातो पानीले नै हटाउन सकिने बताएका छन् ।

उनले भनेका छन्, ‘यस भाइरसको आणुबंशिक झिल्ली हुन्छ, जसलाई लिपिड मेम्बर भनिन्छ । किनभने यो चिल्लो र चिप्लो हुन्छ । यस प्रकारको संरचनालाई साबुन र पानीले सजिलै हटाउन सकिन्छ ।’ गिलबर्टका अनुसार साबुन पानीले धुने क्रममा हातलाई निकै रगट्नुपर्छ ।

उनले भने, ‘हातको सम्पूर्ण भाग मिचीमिची धुनुपर्छ । जहाँ लिपिड मेम्बर र साबुनबीच सम्पर्क हुनुपर्छ ।’ कोरोना भाइरसबाट सुरक्षित रहनका लागि तातो पानी र साबुन निकै लाभदायी हुने गिलबर्टको भनाइ छ ।

ब्रिटेनको केन्ट विश्वविद्यालयका मालिक्यूलर साइन्सका प्रोफेसर मार्टिन मिसलिस भन्छन्, ‘सिर्फ पानीले मात्रै भाइरसलाई नष्ट गर्न सकिदैन । त्यसैले साबुनको पनि आवश्यकता पर्दछ ।’ (एजेन्सीको सहयोगमा)

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।