डडेल्धुरा(डि.आर भट्ट)- रास्वपाले डडेल्धुराको परशुराम नगरपालिका स्तरिय कमिटि गठन गरेकोछ । आज बसेको बैठकले लाल बहादुर थापाको नेतृत्वमा कमिटि चयन गरेकोहो । कमिटिमा देब बहादुर कुवर उप सभापति , बबिता थापा कोषाध्यक्ष,रतना धामी सचिब र सदस्यमा रमेश बोहरा,सुनिता कोली,राम प्रसाद कोली,जनक बहादुर खड्का चयन भएको विनोद बिष्टले जानकारि दिए । कार्यक्रममा रास्वपाका केन्द्रिय सदस्य बिजय जैरु प्रमुख अथिती रहेका थिए भने , सुदुर पश्चिमका महामन्त्री भोजराज जोशी , जिल्ला संयोजक गोकुल बाहुनको सहभागितामा कार्यक्रम समपन्न भएको बिष्टले बताए ।



Views: 264

























