डडेल्धुुरा(दिपकराज भट्ट): डडेल्धुरा जिल्लाको आलिताल — १ का पहिरो पिडितलाई युवा विनोद बिष्टले सहयोग गरेका छन् । पहिरो पिडितलाई खानेपानी , विजुली र रासनको अभाव भएको खबर थाहा पाएपछि उनले यँहाका २२ पिडित परिवारलाई सहयोग गरेका हुन् । बिष्टले पिडित परिवारलाई ५ क्वाईल प्लास्टिक पाईप र ४ बल्भ बल्ने २ ओटा सोलार सेट सहयोग गरेका छन् । असारको बर्षले पहिरो गएपछि यँहाका नागरिक पहिरो पडिति भएका थिए ।





उनीहरुले १ किलोमिटर टाढा बाट पानी बोकेर ल्याउने गरेका थिए । जुन बाध्यता अब बाट हटने स्थानीय दिपक बोहराले बताएका छन् । बिजुलीको समस्या अति नै भएकाले यसको समाधानका लागि स्थानीय सरकारले पहल चालिदिनु पर्ने स्थानीयहरु ले माग गरेकाछन् ।
Views: 276

























