२०८१ आश्विन ४ शुक्रबार
२०८१ आश्विन ४ शुक्रबार

अछामको बयालपाट अस्पतालका डाक्टर,नर्ससहित १९ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

अछाम-जिल्लाको बयालपाटा अस्पताल अछामका १९ जना स्वास्थ्यकर्मीलाई काेराेना संक्रमण देखिएकाे छ।

एक साता अघि एकजना स्वास्थ्यकर्मीलाई संक्रमण देखिएपछि ६२ जनाकाे कन्ट्याक्ट् ट्रेसिङ गर्दा थप १८ जनालाई संक्रमण देखिएकाे हाे।

अस्पतालका प्रमुख डा विकास गाैचनका अनुसार आइतबार नमुना संकलन गरि पठाइएकाे थियाे। त्यसकाे रिपोर्ट आज मात्र आएकाे हाे।

एकसाता अघि संक्रमण देखिएका स्वास्थ्यकर्मीकाे पनि पुनः परीक्षण पाेजिटिभ आएकाे छ भने आइसाेलेनमा दुईसाता अघि संक्रमण भएर अस्पताल भर्ना भएका २ जना गर्भवतीकाे पनि पुन: परीक्षण रिपोर्ट पाेजिटिभ आएकाे छ।

अछाममा पिसिआर ल्याब नभएकाले परीक्षणका लागि नमुना धनगढी वा डडेलधुरा पठाउनुपर्ने बाध्यता भएकाे डा गाैचनले बताए।

उनका अनुसार अस्पतालका नर्स, डाक्टर, ल्याब, एक्सरेका कर्मचारीलाई संक्रमण देखिएकाे छ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।