डडेलधुरा ( दिपकराज भट्ट): डडेल्धुरामा गौराको रौनक बढदै गएकोछ । हिजो बाट सुृरु भएको गौरा महोत्सव २१ गते सम्म चल्ने आयोेजकले बताएकोछ । सात पालिका रहेको डडेल्धुराको केन्द्र डडेल्धुरा बागबजार बसपार्कमा महोत्सवको आयोजनजा गरिएकोछ । खेलमा स्थानीय तथा बाहिरी डेउडियाहरुको सहभागिता रहेकोछ । महोत्सवको मुख्य उद्धेय भनेकै हाम्रो कला संस्कृती जर्गेना गर्नु र त्यसलाई युवा पुस्तामा पुस्तान्तरण गर्नु रहेको संयोजक देबराज भट्टले बताएका छन् ।
खेलमा बुढापाका सागै युवाहरु पनि रमेको पाईन्छ । पछिल्लो समयका युवाहरुमा हाम्रो कला संस्कृतीका बोरेमा ज्ञान कम हुदै गएकोछ यसलाई केहि हदसम्म कम गर्न यस कार्यक्रमको महत्पुर्ण भुमिका रहने आयोजकले बताएकोछ । बसपार्कमा युवाहरुको अलगै खेल, महिलाहरुको अलग र बुढा पुरुषहअरुको अलगै गोलबद्ध भएर डेउडा खेलेको देख्न सकिन्छ । खेलमा डेउडा मार्फत पुराना देवीदेवताका गीन, कथा र गाथा गाएर मनोरन्जन गरिरहेको देख्न मिल्छ ।
महोत्सवको आयोजकमा राधाकृष्ण मन्दिर क्षेत्र बिकास सममिती रहेको छ । आयोजकका अनुसार हामीले यस कार्यक्रमको आयोजनाका लागि वडा, पालिका र प्रदेश सरकार सँग सहकार्य गरेका छौ । आर्थिक अभावका बिच हामीले यो कार्यक्रम आयोजना गरेका छनौ । यसमा सबैले सहयोग गर्न समेत अपिल गर्दछु संयोजक भट्ट ।



हेरौं फोटो फिचर-

























