२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

गन्यापधुराको सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्नः८६.५६ प्रतिशत भौतिक प्रगति

डडेल्धुराः गन्यापधुरा गाउँपालिकाले गत आर्थिक वर्ष २०७९।०८० मा सम्पन्न गरेका योजना तथा कार्यक्रमहरूका साथै प्रवाह गरेका सेवा र बजेट खर्चको अबस्था सार्वजनिक गर्न आइतबार सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएकोछ।

गत आर्थिक बर्षको कार्यसम्पादन मुल्यांकनमा क्रममा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा सर्वोत्कृष्ट र देशभरिका प्रमुख १० स्थानीय तहमा स्थान ओगटन सफल भएको गन्यापधुरा गाँउपालिकाले तेस्रो पक्ष अनुगमन पद्धति अनुसार सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको हो।

गन्यापधुरा गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिलिपकुमार तामाङले गत आर्थिक बर्षमा गाउँपालिकाबाट सम्पन्न योजना तथा कार्यक्रम र बजेट खर्चको लक्ष्य तथा कार्य प्रगति विवरण प्रस्तुत गरेका थिए।

सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार तामाङले गत वर्षको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। गाउँपालिकाका प्रमुख अधिकृत तामाङले गत आर्थिक वर्षमा ८६.५६ प्रतिशत भौतिक प्रगति र ७८.२४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको बताए।

उनका अनुसार गत आर्थिक वर्षमा गाउँपालिकाले आन्तरिक राजस्व ४१ लाख लक्ष्य लिएकोमा ४९.१४ प्रतिशत राजश्व संकलन गरेको छ भने हालसम्मको बेरुजु ३ करोड ५९ लाख रहेको छ। कार्यक्रममा सहभागी गन्यापधुरा गाउँपालिकाका स्थानीयले शिक्षाको गुणस्तर र सिकाई उपलब्धि बढाउन गन्यापधुरा गाउँपालिकाले महत्वपुर्ण भूमिका निर्वाह गर्नुपर्नेमा प्रभावकारी ढंगबाट काम हुन नसकेको गुनासो गरेका छन्।

 

 

यसैगरि कृषि क्षेत्रको दिगो र व्यवसायीक विकासका लागि गन्यापधुरा गाउँपालिकाले योजनावद्ध रुपमा काम गर्न नसकेको र कृषि क्षेत्रका लागि निकै न्युन बजेट बिनियोजन हुने गरेकोले प्रयाप्त सम्भावना हुँदाहुँदै पनि गन्यापधुरा गाउँपालिका कृषि उत्पादनमा आत्मनिर्भर बन्न नसकेको स्थानीय किसानहरुले गुनासो गरेका छन।

नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष हिक्मतबहादुर सिंह र पत्रकार राम धामीले सहजीकरण गरेको कार्यक्रममा गाउँपालिका अध्यक्ष कार्की, उपाध्यक्ष ज्ञानुकुमारी सेटी, प्रमुख प्रशासकीय अधिकृत तामाङ, विषयगत शाखाका प्रमुखहरु र वडाध्यक्षहरुले सहभागीबाट प्राप्त गुनासाहरुको सुनवाई गरेका थिए।

सार्वजनिक सुनवाई कार्यक्रममा सहभागी स्थानीयस्तरमा क्रियासिल राजनीतिक दलका प्रतिनिधीहरुले गन्यापधुरा गाउँपालिकालाई नमुना बनाउन सबैले आफ्नो क्षेत्रबाट सक्दो भूमिका निवार्ह गर्ने र एकतावद्ध रुपमा काम गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।