डडेल्धुरा (दिपकराज भट्ट)- डडेलधुरामा रहेको डडेल्धुरा बहुमुखि क्याम्सले आफ्नो बार्षिक उत्सव मनाउने भएकोछ । २०५२ भदौ २० गते स्थापना भएको क्याम्पसले स्थापना भएको २८ बर्ष पछि उत्सव मनाउनु लागेको क्याम्पस प्रमुख गंगा दत्त उप्रेतिले बताए । बिगतका बर्षमा पनि हुन पर्ने यो कार्यक्रम अघिल्लो बर्षमा नहुन भनेको यो कमजोरि हो । यो पहिलो पटक आयोजना गर्दै छौ यसमा चुनौतिका बाबजुत पनि स्ववियिू को सहकार्यमा यस बर्ष आयोजना गर्न पाएका छौ यो हाम्रो लागि खुशीको कुरा हो । कार्यक्रमको सुरुबात भएकोछ सबैलाई धन्यबाद दिन चाहान्छौ । यसमा सबैले साथ सहयोग गर्न समेत अनुरोध गर्दछु । पछिल्लो समयमा क्याम्पसको सुधार हुँदै गएकोछ यसमा सबैको साथ सहयोग रहेकोछ । आगामी दिनमा क्याम्पसलाई नमुना क्याम्सको रुपमा बिकास गर्नेछौ ।




यस्तै स्ववियू सभापति दुर्गा भट्ट भन्छन् पहिलो पटक क्याम्पसको बार्षिक उत्सव गर्न पाउदा हामी खुशी भएका छौ यसले यँहाको प्रचारप्रसारमा सहयोग गर्नेछ । क्याम्पसको समग्र विकासमा यसको भुमिका रहनेछ । हामीले उत्सवमा हाजीरि जवाफ, वकतित्व प्रतियोगिता, भलिवल , उतकृष्ट नतिजा ल्याउने विद्यार्थी लाई सममान आदि कार्यक्रम राखेका छौ । क्याम्पस प्रशासन र स्ववियूको समुधुर सम्बन्धका कारण नै हामीले यो उत्सव आयोजना गर्न सफल भएका हौ । सबैलाई धन्यबाद दिनु चाहान्छु । क्याम्पस विकासका लागि सबै लाई अनुरोध समेत गर्दछौ ।
बार्षिक उत्सवमा प्रमुख अथितीको रुपमा सुदुपश्चिम प्रदेशका मुख्यमन्त्रि कमल बहादुर शाह लाई बोलाईने भएकोछ ।
उता विद्यार्थी खेमा कुमारी शाहि भने निकै खुशी व्यक्त गरेकि छिन् । स्ववियू सभापतिको पहलमा कार्यक्रम हुन लागेकोमा स्ववियू परिवार लाई धन्यबाद दिन चाहान्छौ । अभाव त छन नै तर पनि हामीले आफै व्यवस्थापन गरेका छौ हामी निकै खुशी भएका छौ । तर दुखी पनि छु २८ बर्ष सम्म पनि बार्षिक उत्सव किन नभएको होला यसमा क्याम्पस र स्ववियूको कमजोरि रहेकोछ ।
– हरौ भिडियो सहित
https://www.facebook.com/khabardarinews/posts/pfbid0RrtuCp3Pt2xMUZwnHZzsUoXpM2PiFe1hKbV8B77BP9YmqzMXnEoWTT5mgtrZQvUXl

























