२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

देवल मा.वि.लाई क्याम्पस बनाउन जुटे स्थानिय

 डडेल्धुरा: डडेल्धुराको अजयमेरु गाउँपालिकाको वडा नं ६ मा रहेको देवल माध्यमिक विद्यालयलाई स्नातक तहको पढाइ हुने क्याम्पस बनाउन स्थानीयहरू जुटेका छन् । शुक्रबार अजयमेरुको वडा नं ५ र ६ का वार्ड अध्यक्षले एक सूचना जारी गर्दै १६ गतेका लागि आम भेला बोलाएका छन ।

वार्ड नं ५ का अध्यक्ष राज बहादुर पाल र वार्ड नं ६ का अध्यक्ष हरि सिंह भण्डारीले छुट्टा छुट्टै सूचना जारी गर्दै क्याम्पस स्थापना गर्न छलफलका लागि सरोकारवाला निकायलाई बोलाएका हुन् ।

सूचनामा भनिएको छ ,“ उपरोक्त विषय सम्बन्धमा सुदूरपश्चिम विश्वविद्यालयको मिति २०८०/०५/०१ गतेको प्रकाशित सुचना अनुसार श्री देवल मा.वि.मा स्नातक तह (Bachelor Level) क्याम्पस खोल्ने सम्बन्धि आमभेला गरी छलफल गर्नुपर्ने भएकोले सम्पुर्ण राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, टोल विकास संस्था अध्यक्ष, बुढीजिवी, शिक्षाप्रेमी, अभिभावक तथा सम्पुर्ण वडा वासीहरुमा तपसिलको मिति, समय र स्थानमा अनिवार्य उपस्थित भइदिनहुन सादर अनुरोध छ ।”

अजयमेरुको उक्त देवल माविमा यस अगाडि देखि कक्षा १२ सम्म पढाइ हुँदै आएको छ । सो क्षेत्रमा स्नातक तहको पढाइ हुने क्याम्पस नहुँदा विद्यार्थीहरु उच्च शिक्षा हासिल गर्न बाहिर जानु पर्ने बाध्यता रहँदै आएको छ । विद्यार्थीले क्याम्पस नभएकै कारण पढाइबाट वञ्चित हुनुपर्ने र बाहिर जानुपर्ने समस्या समाधान गर्न स्नातक तहको क्याम्पस आवश्यक रहेको त्यहाँका स्थानीयको भनाइ छ ।

वडा अध्यक्षहरुले निकालेको सूचना :

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।