२०८३ भाद्र ७ आईतवार
२०८३ भाद्र ७ आईतवार

डडेल्धुराको प्रसिद्ध ‘जोगेनी जाँत’ (रुपालको भोस्सो) भदौ २१ गते

डडेल्धुराः डडेल्धुराको भागेश्वर गाउँपालिका–२ रुपालमा तीन वर्षपछि ‘जोगेनी जाँत’(रुपालको भोस्सो) हुँदै छ। यस क्षेत्रकै प्रसिद्ध ‘जोगेनी जाँत’ प्रत्येक तीन वर्षमा हुने गर्दछ। यसवर्षको जोगेनी जात्रा यही भदौ २१ गते हुने वडाध्यक्ष उपेन्द्रबहादुर जोराले जानकारी दिए।

उनका अनुसार यो जाँत परापूर्वकालदेखि नै मनाइँदै आइएको हो। उक्त मेला भर्नाको लागि सुदूरपश्चिमका प्रायः सबै जिल्लाबाट भक्तजन आउने गर्दछन्। गाडीमार्फत जिल्ला सदरमुकाम डडेल्धुराबाट तीनरचार घण्टामा पुग्न सकिन्छ। यस जाँतलाई ‘चौंसठ्ठी माता’ को रूप पनि भनिन्छ। यस जाँतमा विभिन्न ‘चौला’ हुने गर्दछन्।

जसमा मुख्य चौलो कोटेउडाको चौलो हुन्छ भने अरू चौलाहरूको पनि हुने गर्दछन्। जसमा ‘पड चौलो’, ‘नौतडी चौलो’, ‘विस्तडी चौलो’ र ‘तल्ली रुपालको चौलो’ हुन्छन्। अधिकांशले हातमा खुकुरी तरवार लिएर जात्राको आनन्द लिइरहेका हुन्छन्। उक्त जात्रामा जातीय भेदभाव हुँदैन। किरियामा बसेका या रजस्वला भएका महिलाहरू पनि यो जात्रामा जान पाउँछन्।

यो दिन सबै स्थानीयहरू जोगेनी डाँडा (जात्रा हुने स्थान) ठाँउमा बिहानैदेखि जात्रा हेर्न जाने गर्दछन् भने चौलो खेल्नेहरूलाई जब देवताले अनुमति दिन्छन् त्यसपछि चौसठ्ठी माता खुशी हुन्छिन र चौलो खेल्नेहरू पनि खुसीका साथ जोगेनी डाँडा (जात्रा हुने स्थान) तर्फ जान्छन्। सबै जात्रा हेर्न जाने हुनाले त्यस दिन गाउँ नै खाली हुने गर्दछ। त्यस दिन गाउँमा विभिन्न जंगली जनावर र भूतप्रेत आउँछन् भन्ने जनविश्वास रही आएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।