२०८३ बैशाख ९ बुधबार
२०८३ बैशाख ९ बुधबार

भारतको चन्द्रयान–३ चन्द्रमाको दक्षिण ध्रुवमा अवतरण

काठमाडौं – भारतको चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानुसार आज बुधबार बेलुका ६ः१९ बजे यानले चन्द्रमामा ‘सफ्ट–ल्याण्डिङ’ गरेको हो ।

भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ले एक महिनाअघि यानलाई प्रक्षेपण गरेको थियो । अवतरणसँगै भारत चन्द्रमाको दक्षिण धुव्रमा यान अवतरण गराउने पहिलो र चन्द्रमाको सतहमा चन्द्रयान सफलतापूर्वक अवतरण गर्ने चौंथो देश बनेको छ ।

यसअघि अमेरिका, तत्कालीन सोभियत संघ र चीनले सफलतापूर्वक चन्द्रमाको सतहमा यान प्रक्षेपण गरेका छन् । चन्द्रमाको दक्षिण ध्रुवमा अवतरण गर्ने योजनाका साथ उडेको रुसको लुना–२५ यान गत आइतबार चन्द्रमामा दुर्घटनाग्रस्त भएको थियो ।

उक्त घटनापछि चन्द्रयान–३ अवतरणका लागि वैज्ञानिकले सुरक्षित स्थानको खोजी गरेका थिए । अवतरणको दृश्यलाई इसरोले युट्युव र फेसबुकबाट प्रत्यक्ष प्रसारण गरेको थियो । ब्रिक्स सम्मेलनका लागि दक्षिण अफ्रिका पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रत्यक्ष प्रसारण हेरेका थिए । उनले आजै बेलुका देशवासीलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

यो परियोजनाको मुख्य उद्देश्य चन्द्रमामा पानी खोजी गर्नु हो । जसलाई रकेट फ्युलको रुपमा प्रयोग गर्नेदेखि चन्द्रमामा मानव बसोबासका लागि उचित वासस्थानको खाजी गर्नु रहेको छ । चन्द्रमाको दक्षिण धुव्र अँध्यारो हुने भएकाले त्यस क्षेत्रमा पानीको बरफको सम्भावना उच्च हुने वैज्ञानिकको भनाइ छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।