२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

सुदूरपश्चिममा दुई दिन सार्वजनिक बिदा

बैतडी –सुदूरपश्चिम प्रदेशमा भोलि र पर्सि सार्वजनिक बिदा दिइएको छ । सुदूरपश्चिमेलीको मुख्य पर्व गौराको अवसरमा प्रदेश सरकारले भदौ ७ र ८ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।

गौरा पर्व सुदूरपश्चिमको पहाडी समुदायले मनाउने सबैभन्दा ठूलो लोकपर्व हो । यो प्रदेशका बैतडी, दार्चुला, डडेल्धुरा,बझाङ, डोटीसहितका जिल्लामा यो पर्व मनाउने परम्परा रही आएको छ । यसका साथै कैलाली र कञ्चनपुरमा पनि यी जिल्लाबाट बसाइसराई गरेर गएकाहरुले गौरा मनाउने गर्दछन् ।

यो पर्वमा गौरा र महेश्वरको पूजाआजा गर्ने चलन रही आएको छ । बिरुडापञ्चमीका दिन भिजाएका बिरुडाले गौरादेवीको पूजाआजा गर्ने गरिन्छ ।

पौराणिक कालमा हिमालय पुत्री गौरीले कठोर व्रत बसेर भगवान शिवशङ्करलाई पतिका रूपमा पाएको धार्मिक मान्यता रहेकाले गौरा पर्वमा महिलाहरू सौभाग्य प्राप्तिका लागि निराहार व्रत बस्ने चलन छ ।

गौरा पर्व भाद्र शुक्ल वा कृष्ण पक्षमा मनाइने भएपनि यो बर्ष अगस्ती उदयको दोष भएकाले श्रावण शुक्ल पक्षमा मनाएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

तर प्रदेशकै कतिपय ठाउँमा भने भदौ १८ गतेदेखि मात्रै गौरा मनाउने तयारी भएको छ । गौरा पर्व भदौ शुक्ल वा कृष्ण पक्षमा मात्रै मनाउने परम्परा र शास्त्रीय मान्यता रहेकाले भदौ २१ गते गौराष्टमी परेको आचार्य घनश्याम लेखकले बताए ।

गौरा एकादशी र जनैपूर्णिमा अघि दुबधागो धारण गर्ने परम्परा नरहेको भन्दै कतिपय ठाउँमा भदौ २१ गते गौराष्टमी मनाउने तयारी भएको हो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।