२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

सकुशल रहेका सहचालक नियन्त्रणमा, सबै घाइतेलाई काठमाडौं पठाइयो

                          कसको अवस्था कस्तो छ ?
काठमाडौंः धादिङमा भएको बस दुर्घटनामा आठजनाले ज्यान गुमाएका छन् । दुर्घटनामा ६ पुरुष र दुई महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएकामध्ये म्याग्दीको रघुगंगा गाउँपालिका–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका–१ की १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङको गजुरी गाउँपालिका–८ का २५ वर्षीय सविन रम्तेल र कास्कीको फूलबारी–११ का २५ वर्षीय सुमन थापाको परिचय खुलेको छ ।

अन्य घाइतेहरूलाई काठमाडौं पठाइएको छ । पर्वतको मोदी गाउँपालिका–१ का ४१ वर्षीय गुरुदत्त शर्मा पौडेलको टाउको र निधारमा चोट लागेको छ । उनलाई काठमाडौं पठाइएको छ । बस चालक म्याग्दीको बेनी नगरपालिका–६ का ३० वर्षीय दिपक थापाको टाउकोमा चोट लागेको छ । उनलाई पनि काठमाडौं नै पठाइएको छ ।

म्याग्दीको बेनी–३ का २४ वर्षीय पूर्ण छन्त्याल, अन्नपूर्ण गाउँपालिका–१ का १९ वर्षीय कुशल अधिकारीलाई पनि काठमाडौं पठाइएको छ ।

काठमाडौंको कीर्तिपुर–९ का ५२ वर्षीष खड्ककुमार श्रेष्ठ, म्याग्दीको मंगला गाउँपालिका–२ की १६ वर्षीया गिता जंजाली मगर, बाग्लुङका १९ वर्षीय सुस्मा क्षेत्री, पर्वत फलेवासकी ६३ वर्षीया हरिकला गौडेल, म्याग्दीको अन्नपूर्ण–३ की २२ वर्षीया अञ्जु राना मगर, म्याग्दीकै २९ वर्षीय प्रविन पुन, २३ वर्षाीया रिना रानामगरलाई पनि काठमाडौं पठाइएको छ ।

दुर्घटनामा बंगलादेशका ३२ वर्षीय मोहमद हजिरहुल पनि परेका छन् । उनलाई पनि काठमाडौं पठाइएको छ । अन्य परिचय नखुलेका अन्य तीनजलाई पनि काठमाडौं पठाइएको गजुरी प्रहरीले जनाएको छ । बाग्लुङ गलकोटका ६८ वर्षाीया ज्ञानु बुढामगर भने डिस्चार्ज भइसकेकी छन् । उनको आँखामा सामान्य चोट लागेको थियो ।

बसका सहचालक नुवाकोट बेलकोटगढीका ३४ वर्षीय रोशन तामाङलाई भने सकुशल उद्धार गरिएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएर राखेको छ ।

बुधबार बिहान ११स्१० बजेतिर धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित पृथ्वी लोकमार्गमा काठमाडौंबाट बेनी जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भई त्रिशुली नदीमा खसेको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।