२०८३ जेष्ठ १० आईतवार
२०८३ जेष्ठ १० आईतवार

घर -घरमा बिजुली पुर्‍याउने लक्ष्य, ४५ करोडको ठेक्का हुँदै

डडेल्धुराः सात पालिका रहेको डडेल्धुरामा घर घरमा विजुली पुगाउने लक्ष्य राखिएकोछ । हाल डडेल्धुरा जिल्लाका २३ हजार बढी घरधुरीमा विद्युतको पहुँच पुगेको छ । ३० हजार बढी घरधुरी रहेको जिल्लाका ८५ प्रतिशत अर्थात २३ हजार बढी घरधुरीमा विद्युतको पहुँच पुगेको हो । नेपाल विद्युत प्राधिकरण डडेल्धुरा वितरण केन्द्रले जानकारी दिएको छ ।

शतप्रतिशत घरधुरीमा विद्युतिकरण पुगाउनका लागि ४५ करोड बराबर रकमको टेण्डर हुन लागेको कार्यालय प्रमुख रमेश अवस्थीले जानकारी दिएका छन् । चालू आर्थिक वर्षमा काम गर्न केन्द्रीय कार्यालय मार्फत टेण्डर हुन लागेको उनको भनाई छ । करिब ६० लाख बराबरका ८ वटा टेण्डर सम्पन्न हुने चरणमा रहेको समेत उनले बताए ।

परशुराम नगरपालिका–२ लगायतका केही गाउँमा विद्युत विस्तार हुन सकेको छैन भने नवदुर्गा गाउँपालिकाको १, २ र ४ वडाका गाउँमा पनि विद्युतिकरण हुन बाँकी छ । केही स्थानमा ठेकेदारको लापर्वाहीका कारण विद्युतीकरणमा ढिलाई भएको उनले बताए ।

उनका अनुसार नवदुर्गा गाउँपालिका–४, परशुराम नगरपालिका–३ लगायतका गाउँमा चालू आर्थिक वर्षको सुरुवातमै विद्युतिकरण भएको छ । बाँकी रहेका सबै गाउँमा विद्युतिकरणका लागि नयाँ ठेक्का आह्वान गरिन लागेको उनले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।