२०८१ मंसिर २५ मंगलवार
२०८१ मंसिर २५ मंगलवार

मोबाइलको डिस्प्लेसहित भारतीय नागरिक पक्राउ

कैलाली । कैलालीमा रु १६ लाखभन्दा बढीको मोबाइलका डिस्प्लेसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान (आरआईटी) समूह  र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतको उत्तर प्रदेश घर भई हाल टीकापुर नगरपालिका–१ मा डेरा गरी बस्ने चाँद अलीलाई रु १६ लाख ८९ हजार ६०० बराबरको मोबाइलका डिस्प्लेसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले आज जानकारी दिए ।

भारतीय नागरिक अलीको कोठाबाट अवैधरूपमा भन्सार छली ल्याएका विभिन्न कम्पनीका मोबाइलका डिस्प्ले फोल्डरहरु एक हजार २६७ थान फेला पारी बरामद गरिएको प्रहरी नायव उपरीक्षक विष्टले बताए ।

मोबाइलका डिस्प्ले फोल्डरहरु र निज अलीलाई आवश्यक कारवाहीका लागि आजै मूल भन्सार कार्यालय सत्ती कैलालीमा पठाइएको बताइएको छ ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।