२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

नेपाल स्वयसेवक संघ कपिलवस्तुको आयोजनामा बृहत वृक्षरोपण कार्यक्रम

कपिलवस्तु : नेपाल स्वयंसेवक संघ कपिलवस्तु जिल्ला र नगर कमिटीले बृहत वृक्षारोपण गरेकोछ । जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, कपिलवस्तु जिल्ला अस्पताल, जिल्ला कारागार, तथ्याङ्क बिभाग, वडाकार्यालय ३ क।व। , रत्नराज मावि , संस्कृत मावि, यसोधरा , बुद्धपद्म माविमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । नेपाल स्वयंसेवक संघ कपिलवस्तु नगर कमिटीको आयोजना र मायादेवी साझेदारी वन उपभोक्ता समूह, वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासंघ नेपालको सहकार्यमा आज वृक्षरोपण कार्यक्रम सम्पन्न भएको हो ।

स्वच्छ वायु, स्वच्छ जीवन तथा मुहान संरक्षणका लागि वृक्षरोपण भन्ने उद्देश्य ले कार्यक्रम सुरुवात भएको नेपाल स्वयंसेवक संघका जिल्ला अध्यक्ष गिरिजेशशरण चौधरीले बताउनु भयो । संघका केन्द्रीय अध्यक्ष खेमराज पौडेलले यो अभियान साउन २२ गते देखि नेपालका ७५३ पालिकाहरुमा एकैपटक सुरु भएको बताउदै वृक्षरोपण गरिसकेपछि यसको संरक्षण र संवर्धन गर्नु पनि हाम्रो दायित्व रहेको बताउनु भयो । वृक्षरोपणमा कल्की, अमला, लगायत विभिन्न जातका २०० भन्दा धेरै बिरुवाहरु रोपिएको र ३०० बिरुवा मायादेवी र शुद्धोधन गाउपालिकामा रोपिदै।

चौधरीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि मधुसूदन शरण चौधरी, विशिष्ट अतिथिमा जिल्ला समन्वय समिति प्रमुख बाबुराम आचार्य, क।व प्रमुख जिल्ला अधिकारी शंकर हरि आचार्य र नेपाल स्वयंसेवक संघका केन्द्रीय अध्यक्ष खेमराज पौडेलको रहेको थियो भने अतिथिहरुमा कारागार प्रमुख मनोज सैनी, संघका केन्द्रीय सदस्य तथा अन्तराष्ट्रिय सम्पर्क समितीको संयोजक हेमन्त भुसाल, कपिलवस्तु अस्पताल प्रमुख डा० बिपिन जैसवाल, नेपाल स्वयंसेवक संघ विपत् व्यवस्थापन समितिको केन्द्रीय संयोजक रेनु सेन ठकुरी, विपत् व्यवस्थापन समिति प्रदेश समन्वय कर्ता कपिलवस्तु जिल्ला प्रमुख तारावती चौधरी, वरिष्ठ समाजसेवी रुकैया खातुन, गैसस महासंघ प्रदेश अध्यक्ष शुसिला बेल्बासे, नेपाल प्रहरी प्रनानी मनोहरराम चौधरी, स.प्र.नि.दिनेश पौडेल, राष्ट्रिय युवा संघ तथा समाजसेवी तिलक गिरी, होम मरसायी, मायादेवी साझेदारी वनका अध्यक्ष दिनेश प्रसाद जैसवाल, शुद्धोदन गाउँपालीका स्वयंसेवक संघको सल्लाहकार तथा मायादेवी साझेदारी वनका सदस्य कुमार मिस्रा, शुद्दोदन गाउपालिकाका संघको सचिव सतिश शुक्लाको थियो भने आयोजक कपिलवस्तु नगरपालिका नेपाल स्वयंसेवक संघको अध्यक्ष वसन्त कुमारी सिंह, उपाध्यक्ष प्रविन मिस्रा, कोषाध्यक्ष बिमला कहाँर, सचिव जुनु श्रेष्ठ, सदस्य गोमा परियार, नेपाल स्वमंसेवक संघका सदस्य तथा युवा व्यवसायी राजु रिजाल लगायत विभिन्न संघ संस्थामा आबद्ध रहेका सामाजिक व्यक्तिहरुको सहभागिता रहेको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।