यो बर्ष पनि बिजुली बलेन भने आन्दोलनामा आउने स्थानीयहरु आक्रोस
डडेल्धुरा (दिपकराज भट्ट) : डडेल्धुराको भागेश्वर गाउपालिका संञ्चालित उज्यालो भागेश्वर पछिल्लो समयमा निकै बिबादित बनिरहेकोछ । भागेश्वर गाँउपालिकाले तत्कालिन समयमा अध्यक्ष कौशिला भट्टका पालामा भागेश्वरका अध्यारो बस्तिलाई उज्यालो बनाउने योजनाका साथ यो कार्यक्रम पालिका र संघ सरकारको बजेट मा रहि संञ्चालन गरेको थियो । तर पहिलो कार्यकाल सकिदा समेत सम्पन्न हुन नसेको यो कार्यक्रम लागु भएका गाँउमा बेहाल भएकोछ । कहि पोल भाचिएका छन् त कहि पोल कहि पोल गाडिएका छ तार छैन । भागेश्वरमा पाचैं वडाका दर्जनौ बस्तिहरुमा यो कार्यक्रम लागु भएकोछ ।
यहि भागेश्वर गाँउपालिका ४ र ५ मा पर्ने चुल्ल गाँउमा रेडियो अमरगढीले आफ्नो बार्षिक उतसवको अवसरमा समस्या समाधानका लागि सरोकारवालाहरु सँग छलफल गरेको थियो । स्थानीयहरु सभ्यभव्य रुपमा आफ्ना गुनासाहरु अथिती माझ राखेका थिए । सात बर्षसम्म पनि विद्युतको लाईन नजोडिा आफुले गाँउमा रहेको लघु विद्युतलाई पनि मर्मत नगरेको जसले गर्दा उज्यालो रहेको गाँउ अध्यारोमा बस्नु बाध्य भएका हौ , उज्यालो भागेश्वरले हामीलाई धोका दियो अब हामी यो सहन सक्दैनु , यहाँ सड्कको अवस्था पनि नाजुक छ , नत कोल्डस्टोर छ , नत कृषि क्षेत्रमा लगानी नै छ ।
कार्यकममा बोल्दै प्रदेश सासंद सरस्वती खड्काले भनिनः
कहाँ ठेकदारले के गर्र्यो भन्दा पनि जनताले एटा आफुले पाउनु पर्ने अधिकार नै गुमाएको । साच्चिकै हामीले जो जति राजनिती गर्ने ,समाजसेवा गर्नेहरुले अहिले सम्म विद्युत सेवा दिनु नसक्नु भनेका हामीलाई लाज मर्दो कुरा हो । यो जमातले लाग्छ कि अब यहाँ विजुली बल्ने आसा जगाएकोछ ।



सुनौ भिडियो: (1) Video | Facebook
https://www.facebook.com/khabardarinews/posts/pfbid0Sz5h7z4vmjoqAQUDuZGUE44oQ9tA6eYLdE5MD2ysXF7tZYt1WZxHEk435zdNiKbdl
पालिका अध्यक्ष हेमराज चटौतले भने यो गाँउको साथ सहयोगले नै म यँहा सम्म पुगेको हुँ । यो विजुलीको काम हामीले समाधन गर्नु पर्नेहो हामीले अझै पनि सकेका छैनु, यसमा हामीलाई आत्मा ग्लानी भएकोछ । हामीले पहिलो कार्यपालिका बैठकमा कुरा राखौ यसमा विभिन्न जाहरु रहेका यसको निकासा निकाल्नु सकेनौ । अख्तियारमा मुद्धा परेकाले यो काममा बाधा भएको ।
सुनौ भिडियो:
https://www.facebook.com/khabardarinews/posts/pfbid0xnstMTANhfnKo5tZXm3ajAPULpVNXPLgdHXExUtDP9DGhYjxCW7jv9HgwJeyxDZfl
प्रमुख जिल्ला अधिकारि विश्वराज न्यौपानेले भने हामीले यसको बारेमा केहि छलफल गर्र्यौ तर यहा विभिन्न समस्या रहेकाले यो ढिलो भएको हो । यसमा ठेकेदारले लापवाहि गरेको म्याद थप नगरेको जस्ता कुराले समस्या आएको । मुद्धा प्रकिृयामा रहेकाले मुद्धा कहिले टुङगिने कहिले हो , हामीले यसको समाधान खोज्ने गरि यसको समाधानका लागिमा हामीले गर्ने सहयोगमा हामी प्रतिबद्ध छौ ।
सुनौ भिडियो:
https://www.facebook.com/khabardarinews/posts/pfbid0XnMCWP8gFqjuJvtb3uFk3cUdWtqMBmhu8Fib8QB3HnKoga9ECM2RYowdsHbrTgxil
नेपाल विद्युत प्राधिकरण डडेल्धुरा प्रमुखले भने यो ठेक्का आवहान भएको गाउपालिकाले गरेको रहेछ यसको बारेमा पालिकानै जानकार होला त्यो फरक पाटो रह्यो । हामीले यसमा प्राविधिक सहयोग गछौ ।
सुनौ भिडियो :
https://www.facebook.com/khabardarinews/posts/pfbid02akMWPbaeqydVugpp54HgaywSNuzZ2cNavnD9b9dWsEmxHeeVXXeDPuujRVxjAEBQl

























