डडेल्धुरा(रुपा नेपाली) : डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नम्बर २ रुपालका वडा अध्यक्ष उपेन्द्र जोराले गौरा र रुपालको जोगेनी जात्रा पुर्व रुपाल जोड्ने सबै अवरुद्व सडक सुचारु गरिने वताउनु भएकोछ ।
डडेल्धुरा वगरकोट, सिराड बुर्ष हुदै रुपाल जोड्ने सडक खण्ड र टपुवा विरखम हुदै रुपाल जोड्ने सडकखण्ड सुचारु गरिने उनले जानकारी दिए ।
त्यसै गरि भागेश्वर वडा नम्बर ३ लामिकाण्डे,वोगकटा सतिगाउ हुदै रुपाल र लामिकाण्डे विप्लम हुदै रुपाल जोड्ने सडक खण्ड पनि सुचारु गरिने उनले वताए ।
हरेक तेस्रो वर्ष विश्वकै अलौकिक (जात्रा) रुपालको वडा नंं.२ जागेनी डाडाँमा मनाईन्छ । गौरा विर्सजनको भोलीपल्ट जोगेनी जात्रा रुपालमा पर्ने भएकाले यो रुपाल र रुपालीका लागि गौरवको जात्रा पनि मानिन्छ ।




जोगेनी जातमा रुपाल वाट नौकरी,अध्ययनको शिलशिलामा रुपाल बाहिर रहेका रुपाली मात्र नभई छिमेकी पालिका, छिमेकी जिल्ला, छिमेकी राष्ट भारतवाट पनि दर्सकहरु आउने गरेकाछन ।
यसरी यो जात्रा र गौरा सहित चाडपर्वहरु सुरु हुने भएकाले पनि सडक यातायात मुख्य भएकाले अवरुद्व सडक सुचारु अभियान सुरु गरिने उहाँले वताए । छिमेकी परशुराम नगरपालिका जोगबुडाका मेयर भरत वडायर जोशी र परशुराम वडा।न ३ का अध्यक्ष नरेश खवास ज्यू सित पनि छलफल भएको छ ।
वर्षा रोकिए लगत्तै रुपालको जोगेनीजात्रा र गौरा पर्वमा यात्रुहरुको सहजतालागि जोगबुडा, शिर्ष, रुपाल अवरुद्व सडकखण्ड सरसफाई गरि सहयोग गरि दिन आग्रह गरिएको छ ।
उहाँहरु साकारात्मक छन , उहाँहरुले पनि वर्षा रोकिए लगत्तै सबै ग्रामिण र मुख्य सडक सुचारु गर्ने तायरी रहेको वताउनु भएको अध्यक्ष उपेन्द्र जोराको भनाई छ ।
वर्षाले अवरुद्व गाउँपालिका भित्रका र बाह्यि पालिका वाट जोड्ने सडक सुचारु गर्न पालिका तत्पर रहेको गाउँपालिका अध्यक्ष हेमराज चटौतले जानकारी दिए ।
उहाँका अनुसार यो वर्ष जेष्ठको दोस्रो साता देखीको निरन्तर वर्षा रोकिएको छैन, बर्षा रोकिए पछि पालिका तिब्र रुपमा गौरा,तिज,दशै ,तिहार जात्रा मेला लाई लक्षित गरि सडक सुचारु गर्न तयार छौ ।
उनले भने ‘रुपालको जोगनी जात्रा र गौराका लागि पनि हामी अवरुद्व सबै सडक छिट्टै सुचारु गछौं । यसका साथै वडाले मेलाको अबसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने योजना रहेको जोराले बताएका छन् ।

























