२०८३ असार १८ बिहीबार
२०८३ असार १८ बिहीबार

डा.सुनील शर्माको कक्षा १२ को प्रमाणपत्र नक्कली

काठमाडौँ: मेडिकल व्यवसायी समेत रहेका प्रतिनिधिसभा सदस्य डा सुनील शर्माको कक्षा १२ को प्रमाणपत्र नक्कली भएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । बेलबारी–९ मोरङ स्थायी ठेगाना भएका उनले भारतबाट कक्षा १२ उत्तीर्ण भनि ल्याएको शैक्षिक प्रमाणपत्र नक्कली पाइएको सीआईबीले जनाएको छ । सोही प्रमाणपत्रका आधारमा उनले त्यसपछिको अध्ययन गरेको सीआईबीको दाबी छ।

सीआईबीले गरेको लामो अनुसन्धानपछि उनको कक्षा १२ को प्रमाणपत्र नक्कली भएको पाइएको थियो । त्यसपछि प्रहरी उनलाई पक्राउ गर्ने निष्कर्षमा पुगेको थियो । सीआईबीको अनुसन्धानका क्रममा भारतबाट उनले लिएको प्रमाणपत्र नक्कली भएको जवाफ प्राप्त भएसँगै कीर्ते प्रकरण पुष्टि भएको थियो ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले सांसद शर्मालाई कीर्ते अभियोगमा पक्राउ गरिएको पुष्टि गरे ।

सीआईबीको टोलीले उनलाई राजधानीको टोखा क्षेत्रबाट पक्राउ गरेको थियो । उनीसहित ५ जनालाई पक्राउ गरेको सीआईबीले सबै कीर्ते अभियोगमै मुछिएका व्यक्तिहरु भएको जनाएको छ । त्यसमध्ये पक्राउ परेका अर्का व्यक्ति हुन् पिपरा–८ महोत्तरी घर भएका डा रञ्जित कुमार यादव । उनको पनि १२ कक्षाको सर्टिफिकेट नक्क्लली र भारतीय भएको खुलेको प्रहरीको भनाइ छ ।

सोही प्रकरणमा पक्राउ पर्ने अन्यमा डा रामबाबु यादव, डा एरिना यादव र डा अमृत चौधरी र रहेका छन् ।

पक्राउ परेकाहरुलाई लाजिम्पाटस्थित नेपाल ट्रस्ट रहेको भवनमा राखिएको छ । सीआईबीको कार्यालय महाराजगन्जमा भएपनि सीआईबीले भाडामा लिएर सो स्थानबाट पनि कार्य गर्दै आएको छ ।

यसैबीच सीआईबीले संसद् सचिवालयलाई सांसद सुनील शर्मा पक्राउसम्बन्धी जानकारी गराएको छ । सीआईबीका एसपी नवराज अधिकारी शर्मालाई पक्राउ गरिएको बारे जानकारी समेटिएको पत्र बोकेर संसद् सचिवालय सिंहदरबार पुगेका हुन् ।

सांसद पक्राउ गर्दा संसद् सचिवालयलाई जानकारी दिनुपर्ने व्यवस्थाअनुसार सीआईबीले जानकारी गराएको हो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।