२०८३ असार १८ बिहीबार
२०८३ असार १८ बिहीबार

सामुदायिक रेडियो अमरगढी लाई शुभकामना

डडेल्धुराः डडेल्धुरा जिल्ल सदरमुकममा रहेको सामुदायिक बिकास तथा सामाजिक न्याय मञ्च (फोकस नेपाल) द्धारा सञ्चालित सामुदायिक रेडियो अमरगढी एफएम डडेल्धुरा शुक्रवार (भोली) देखी आफ्नो प्रशारण यात्राको १३ औँ बसन्त पार गरी १४ औँ बर्षमा प्रवेश गर्दैछ । रेडियोले २०६७ साउन २६ गतेदेखि डडेल्धुराबाट परिक्षण प्रशारण सुरु गरेको थियो ।
रेडियो अमरगढीले स्थानीयस्तरमा रहेका जनताका मुद्धाहरु लाई समावेश गर्न सकोस , स्थानीय तहमा जनता र जनप्रतिनिधको दुरि नजिक गर्ने कोशिष गरोश रेडियो लाई हाम्रो यहि छ शुभकामना ।
डडेल्धुरामा स्थपना भभएपछि रेडियोले समसामहिक मुद्धाहरु उथ्थान गर्दै आएको छ र गरोस पनि । घरघरको आवाज’ भन्ने मूल नारा लिएर स्थापित भएको रेडियो अहिले सुदूरपश्चिमकै बहुचर्चित रेडियोका नामले चिनिने गरेको छ । ५ सय मेगावाट क्षमता भएको रेडियो सुदूरपश्चिमका ९ जिल्ला र कर्णाली प्रदेशका ७ जिल्लाहरुमा सुन्न सकिन्छ ।

हरेक दिन विहान ५ बजेदेखि राति ११ बजेसम्म नियमित १८ घण्टा प्रशारण हुँदै आएको रेडियोले प्रत्येक दिन नेपाली भाषाको समाचार, कार्यक्रम र स्थानीय भाषा (डोटेली) मा कार्यक्रम तथा समाचार प्रशारण गर्दै आएको छ ।

रेडियो अमरगढीले विभिन्न संघसंस्था तथा निकायहरुको साझेदारीमा चेतनामुलक कार्यक्रमहरु प्रशारण गर्दै आएको छ । समसामयिक विषयबस्तु माथीको छलफल, लोप हुँदै गएको कला संस्कृति संरक्षण गर्ने उदेश्यले विभिन्न कार्यक्रमहरु उत्पादन गर्ने गरेको छ ।

रेडियोले यस अघी पनि आफ्नो बार्षिकोत्सवको अवसरमा विभिन्न स्थानीय कला संस्कृती झल्किने कार्यक्रम तथा नेपालको रेडियो इतीहासमा सबै भन्दा लामो रेडियो अन्र्तवार्ता बिहान ६ बजेदेखी साँझ ६ बजेसम्म निरन्तर १२ घण्टा संविधानको बिषयमा छलफल, संविधान दिवस बिशेषमा डडेल्धुरा बसपार्कमा निरन्तर ४ घण्टा लामो रेडियो टक सो, संविधान बिशेष स्टुडीयोबाट प्रदेशका सात रेडियोबाट सम्वाद प्रशारण गर्न सफल भएको छ ।

यस्तै उत्कृष्ट बिज्ञापनदाता सम्मान, श्रोता सम्मान तथा पुरस्कार, सांगीतीक कार्यक्रम, रक्तदान कार्यक्रम, ब्लड बैंक पुःन स्थापना, ४ दिने महोत्सव कृषि मेला प्रर्दशनी, ब्लड डोनेशन तथा डडेल्धुरा अस्पतालका बिरामीहरुलाई फलफुल वितरण, पिस पार्क व्यवस्थापन पहल, महिला सुरक्षीत आवास गृहका लागि बृहत छलफल, २५ गाउँपालिका प्रमुख तथा प्रदेशका मन्त्रीको प्रमुख आथित्यमा ‘स्थानीय सरकार सञ्चालन जटिलता तथा प्रदेश सरकारको भूमिका’ बिषयमा बृहत कार्यक्रम लगायतका अन्य महत्वपूर्ण कार्यक्रमहरु समेत सम्पन्न गरीसकेको छ ।
रेडियो अमरगढीले यस्तै रचानात्म कार्यक्रम गर्दै जाओस रेडियोका दुनियामा आम नागरिकको रोजाई बनोस , रेडियो अमरगढी लाई हाम्रो तर्फबाट लाखौ लाख शुभकामना ।
अध्यक्ष : जनक महरा तथा

सम्पादकः दिपक राज भट्ट

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।