२०८३ जेष्ठ ५ मंगलवार
२०८३ जेष्ठ ५ मंगलवार

तपाई डडेल्धुराबाट एसईई ग्रेडवृद्धि परीक्षा दिदै हुनुहुन्छ ः कहाँ पर्यो केन्द्र (हरौं सुचि सहति)

डडेल्धुरा- डडेल्धुरामा एसईई ग्रेडवृद्धि परीक्षाका लागि ४ केन्द्र निर्धारण गरेकोछ । ग्रेड सुधार परीक्षका लागि जिल्ला सदरमुकाम क्षेत्रका चार विद्यालयमा केन्द्र तोकिएको छ।

जिल्ला परीक्षा समन्वय समितिले एसईई ग्रेडवृद्धि परीक्षाका लागि ४ केन्द्र निर्धारण गरेको शिक्षा विकास तथा समन्वय इकार्इका प्रमुख नारद प्रसाद जोशीले बताएका छन् । डडेल्धुराको क्याम्ब्रिज पब्लिक स्कुल खलंगा, माउन्टे इङ्लिस मिडियम बोर्डिङ स्कुल बागबजार, महेन्द्र मावि खलंगा र बैजनाथ मावि मौरडा केन्द्र तोकिएको छ।

क्याम्ब्रिज पब्लिक स्कुल केन्द्रबाट १३८ छात्र र १७८ छात्रा गरी कुल ३१६ विद्यार्थीले परीक्षा दिने भएका छन्। माउन्टे बोर्डिङ स्कुल केन्द्रबाट ३०१ जना विद्यार्थीले ग्रेड सुधार परीक्षा दिँदैछन्। जसमा छात्र १३१ र छात्रा १७० रहेका छन्।

सबैभन्दा बढी महेन्द्र मावि खलंगा परीक्षा केन्द्रबाट विद्यार्थीले परीक्षा दिने भएका छन्। यस केन्द्रबाट २६१ छात्र र ३५६ जना छात्रा गरी कुल ६१७ जनाले दिने शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख जोशीले जानकारी दिए।

यस्तै, बैजनाथ मावि मौरडा केन्द्रबाट ३२२ परीक्षार्थी ग्रेड सुधार परीक्षामा सहभागी हुँदैछन्। जसमा १४७ छात्र र १७५ छात्रा रहेका छन्। यही साउन २६ र २७ गते हुने एसईई ग्रेडवृद्धि परीक्षमा ६७७ छात्र र ८७९ छात्रा गरी १ हजार ५ सय ५६ परीक्षार्थी सहभागी हुँदैछन्।

अंग्रेजी वा अंग्रेजीबाहेक एकमात्रै विषयको परीक्षा दिने परीक्षार्थीहरूको परीक्षा साउन २६ मा सञ्चालन हुनेछ भने दुई विषयको परीक्षा दिने परीक्षार्थीको हकमा सानो कोडको विषयको परीक्षा साउन २६ र ठूलो कोडको विषयको परीक्षा २७ गते सञ्चालन हुनेछ। एसईई ग्रेडवृद्धि परीक्षाका लागि केन्द्र निर्धारण भएको विद्यालयको प्रधानाध्यापकलाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ ।

हरौं कुन विद्यालयको केन्द्र कहाँ: 

 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।