धनगढी, २३ साउन । अविरल वर्षासँगै मोहना नदीमा आएको बाढीले कैलाली जिल्लासँग जोडिएको नेपाल-भारत सीमा स्तम्भ बगाएको छ ।



जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका ९ स्थित भैंसीघाटमा रहेको एक वटा नेपाल भारत सीमा स्तम्भ बगाएको हो । नेपाल तर्फका ७४८/३ नम्बरको सीमा स्तम्भ बगाएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
Views: 199

























