डडेल्धुरा(दिपकराज भट्ट): डडेल्धुराको अमरगढीमा आन्दोलन मच्चिदै गएकोछ । जिल्लाको अमरगढी नगरपालिका वडा नं १ मालम गाँउ नजिकै नगरपालिकाले फोहोर फाल्ने गरेको भन्दै मालम गाउँवासीले अमरगढी नगरपालिकामा आन्दोलन गर्दै नगरपालिका घेराउ गरेका हुन् । हिजो गाउबासिले कार्यालयलाई ज्ञापन पत्र बुझाएका थिए । नगरपालिकाले यस बारेमा चासो नदिए पछि आन्दोलन झन मच्चिदै गएको हो ।
आन्दोलनमा आज स्थनीयले बिहान बागबजार मुखय सड्क केहि बेरसम्म बन्द गरेका थिए पछि आन्दोलन कर्ता नगरपालिका कार्यालयमा प्रवेस गरेका थिए ।



आन्दोलनकारी स्थानीयले ‘डिल्ली तेरो पाराले दुःख पायो साराले, डिल्लीराज मुर्दावाद, गफाडी मेयर चाहिदैन’ लगायतका नारा समेत लगाएका थिए ।
मध्यान्ह सम्म नगरपालिकामा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ। तर, नगर प्रमुख डिल्लीराज जोशीले अहिलेसम्म वार्ता गर्ने प्रयास गरेका छैनन्। यद्यपि प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले भने प्रदर्शनकारीसँग कुरा गर्ने प्रयास गरिरहेका थिए ।
नगरप्रमुखले मालम गाउँलाई मसान घाट जस्तै बनाइराखेको स्थानीय नरबहादुर दियालको आरोप छ। उनले भने, ‘हिजो पनि हामी यहाँ पुगेका थियौं। हिजो पनि मेयरको भाइले हामीमाथि आक्रमणको प्रयास गर्यो। आज पनि हाम्रो दीदी बहिनीमाथि आक्रमण ग¥र्यो।’

हाम्रो समस्या पनि हो भनेर बुझ्दिनु पर्छ। हामी व्यवस्थित ल्यान्ड फिल्ड साइड बनाउँनु पर्छं भनेर ६ महिनादेखि लागेका छौं,’ उनले भने, ‘त्यो हाम्रो फाइल संघीय मामिला मन्त्रालयमा पेस भएको छ। त्यो मन्त्री परिषदको निर्णय भइसकेपछि त्योलाई उचित व्यवस्थापन गरेर कुहिनी नकुहिने फोहरको व्यबस्थापन गर्नेछौ ।
हाम्रो गाँउ नजिकै फोहर फाल्ने बनाईयो तर व्यवस्थित नहुदा हाम्रा बालबालिका लाई स्याल, कुकुरले टोक्ने जोखिम बढेकोछ भने । बादरले हैरानी दिने गरेका स्थानीय खगेश्वरी तमोलीले दुखेसो पोखिन् ।

पिकनिक स्पोट नजिकै डम्पिङ साइट बनाए बनाए पछि उक्त क्षेत्र दूषित बनाइरहेको छ जसका कारण सो क्षेत्रमा मनोरञ्जन लिन पिकनिक खान जानेलाई असर परिरहेको छ। त्यतिमात्रै हैन, सोही सडक भएर वडा नम्बर १ बस्ने मालमवासीले पनि नाक थुनेर हिंड्नुपर्ने बाध्यता आइलागेको छभने जंकली जनावरले बालीनाली खाने , बालबालिकामा स्याल र कुकुरको जोखिम बढेकोछ ।

























