२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

वाइसिएल र अखिल क्रान्तिकारीले बुझायो वन मन्त्रालय र अख्तियारलाई ज्ञापनपत्र

डडेल्धुरा-नेकपा (माओवादी केन्द्र) को युवा संगठन वाइसिएल नेपाल र अखिल क्रान्तिकारी डडेल्धुराले आज ९ बुँदे ज्ञापनपत्र बुझाएको छ। जिल्ला प्रसासन कार्यालय डडेल्धुरा मार्फत् सुदूरपश्चिम प्रदेश वन तथा वातावरण मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरलाई ज्ञापनपत्र बुझाएको हो।

डिभिजन वन कार्यालय डडेल्धुराले व्यापक नियमितता गरेको भन्दै तत्काल कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाइएको वाइसिएलका जिल्ला इन्चार्ज दिपकराज भट्टले बताए।

‘जिल्लास्थित कार्यालय र स्थानीय तहहरूमा भइरहेका भ्रष्टाचार अनियमिततासम्बन्धी जनगुनासोहरू सेवाग्राही, नागरिक समाज, पत्रकार जगत तथा जनसमुदायबाट समेत प्राप्त गुनासोहरूको अध्ययन तथा अनुसन्धान कार्य जारी रहेकै क्रममा प्रत्यक्ष जनताको सरोकार राख्ने डिभिजन वन डडेल्धुराको भ्रष्टकार्यशैली र व्यापक अनियमितता भएको हाम्रो ठहर छ’, ज्ञापनपत्रमा भनिएको छ, ‘डिभिजन वन कार्यालय डडेल्धुराका कार्यालय प्रमुख तथा डिभिजनल वन अधिकृत राम विचारी ठाकुर, अधिकृत रणेन्द्र सिंह, अधिकृत कृष्ण बोहरालगायतका कर्मचारीहरूको मिलेमतोमा सेवा प्रवाहमा भ्रष्टकार्य शैली देखा परेको छ।’

 

दुवै संगठनले वन कार्यालयका विषयमा तत्काल छानबिन गर्नका लागि जिल्ला प्रशासन कार्यालय डडेल्धुरा, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय सुदूरपश्चिम प्रदेश, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयलाई अनुरोध समेत गरेको छ।

तत्काल छानबिन प्रक्रिया अगाडि नबढेमा जनस्तरबाट संगठनले आवश्यक कदम चाल्न बाध्य हुने र उत्पन्न परिस्थितिको सम्बन्धित निकाय नै जवाफदेही हुनुपर्ने अखिल क्रान्तिकारी डडेल्धुराका अध्यक्ष चन्द्रसिंह ऐरले चेतावनी दिए।

संघीय वन ऐनमा व्यवस्था भएको पञ्चवर्षे कार्य योजना निर्माणका लागि आफू अनुकूल विज्ञ व्यक्तिलाई पेश्की दिएको तर समयमा नै पञ्चवर्षे कार्ययोजना पेश नगरी सामुदायिक वनका उपभोक्तालाई आन्तरिक खपतसमेत गर्नबाट बञ्चित गराएको ज्ञापनपत्रमा उल्लेख छ।

भवन निर्माणका लागि प्रदेश सरकारबाट विनियोजित डेढ करोडमध्ये १७ लाख बिना प्रतिस्पर्धा आफू अनुकूल कन्सल्टेन्सीलाई डिपिआर बनाउने जिम्मा दिएको तर समयमा नै डिपिआर तयार नहुँदा बजेट फ्रीज भएको, उग्रतारा मन्दिरमा बन्ने हरित पार्कको बजेटको कार्यक्रममा ठेक्का प्रक्रिया, उपभोक्ता समिति, कोटेसन प्रक्रिया हुँदाहुँदै पनि कर्मचारीका नाममा पेश्की दिई काम नै नगरी रकम फ्रिज गरेको आरोप पनि वाइसिएल र अखिल क्रान्तिकारीले लगाएको छ।

अमरगढी हरितपार्कको रकम कर्मचारीका नाममा पेश्की दिई हालसम्म पनि काम सम्पन्न नभएको र कुनैपनि कार्यालयमा नागरिकले लिखित वा मौखिक रूपमा सूचना पाउने व्यस्था विपरीत कार्य गरेको सूचना माग गर्दा सूचना उपलब्ध नगराउने गरेको पनि ज्ञापनपत्र उल्लेख छ।

९ बुँदे ज्ञापनपत्र- 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।