२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

लम्पी रोगका कारण किसानको लाखौको क्षति,प्राङगारिक मलको अभाव देखिने

रोग नियन्त्रणका लागि सकदो प्रयास गरिरहेका छौ , यसमा किसानहरु नै सचेत हुनू जरुरि छ भेटेरिनरी असपताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुरा प्रमुख : देवराज भट्ट
डडेल्धुरा ( दिपकराज भट्ट)  डडेल्धुरामा लम्पी रोगका कारण किसानहरु लाई लाखौको क्षति भएको छ । यो रोग भाईरस बाट गाई, भैसिमा लाग्ने गर्छ । डडेल्धुरामा आ.व. २०७८।८० मा दुई हजार ३० पशुको यो रोग बाट मृत्यु भएकोछ । जसमा गाईगोरु २०२३ र भैसि रागा ७ रहेका छन् ।
डडेलधुराका सात पालिकाका २६ हजार ३ सय ७६ पशुहरु यो रोग बाट प्रभावित भएका छन् । यो रोग डडेल्धुरामा भागेश्वर गाँउपालिकाको वडा नंम्बर ३ राडिलमा पहिलो पटक देखा परेका थियो । पछि रोगले महामारिको रुप लिदै आलिता, परशुराम, अमरगढीमा देखा परेका र सातै पालिकाका पशुहरु यो रोग बाट प्रभावित भएका थिए ।
हामीले प्रभावित बढि भएको क्षेत्रमा उपचार अभियान चालेका थियौ तर स्रोत्रसाधनको कमीका कारणले हामीले रोग नियन्त्रणमा अहिलेसम्म पनि गर्न सकेका छैनौ, हामीले अहिले भएको स्रोत्रले पुर्ण रुपमा सबै पशुलाई खोप दिन सक्दैनु लागत खर्च बढि आउने भएकाले हामी सँग यत्रो स्रोत्र नै छैन् । यसले कृषि क्षेत्रमा पनि ठुलो प्रभाव परेको छ , किसानहरुले महंगो लागतमा अहिले खेतीपाती गर्न बाध्य भएका छने । यसको नियन्त्रणका लागि किसानहरुले सरसफाइृमा ध्यान दिनु पनेृ पशुहरु लाई खुल्ला छाडनु नदिने हो भने केहि हदसम्म रोग नियनत्रणमा आउनु सक्छ । हामीले यसको नियन्त्रणका लागि स्थानीय तह र प्रदेश सरकार सँग समन्व्य गरिरहेका छौ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराका प्रमुख देवराज भट्टले बताउनु भयो ।


भागेश्वर ४ का प्रेम सिंह बुढाऐर भन्नुहुन्छ यो रोगले गर्दा हामी किसान प्रभावित भएका छौ यसको असर ४९० प्रतिसत देखिएकोछ । यसले गर्दा हामीले गर्ने खेतीपातीमा कमी काएको छ जमिन बाँझै रहने सम्स्या हामीले झेल्नु परेकोछ ।
उता लम्पी रोगकै कारण बढि मारमा परेकै भने को जोतने गोरुहरु हुन् त्यो पनि रोपाईकै समयमा बढि देखिएकाले किसानहरुले हाते टेक्टर वा अरु बाट गोरु भाडामा लिनु परेकाले किनाको लागत बढेकोछ , यस्ते रोगका कारण प्राङगारीक मलको अभाव देखिने सम्भावना रहेकोछ । यस रोग नियनत्रणका लागि सबैले ध्यान दिनु जरुरि रहेको कृषि ज्ञान केन्द्र डडेल्धुरा प्रमुदख रामचन्द्र भट्टले बताए का छन् ।
डडेल्धुरामा रोग नियन्त्रण गर्नका लागि सात पालिकामा रहेका १ लाख ५ हजार ३२ पशुमा खोप लगउनुपर्ने देखिन्छ । यो नियन्त्रका लागि डडेल्धुराका सात पालिका र सुदुरपशिचम प्रदेश सरकारको ध्यान जानु जरुरि देखिन्छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।