भागेश्वर (दिपकराज भट्ट)- डडेल्धुराको भागेश्वर गाँउपालिमा ५ वडा रहेका छन् । साविकका तीन गाँउविकास समिती मिलेर भागेश्वर गाँउपालिका बनेकोछ । भागेश्वर गाँउपालिकाको कुल जनसंख्या १३ हजार १ सय १२ रहेको छ ।



भागेश्वर गाँउपालिकाले आर्थिक बर्ष २०७९।८० को समिक्षा कार्यक्रम समपन्न गरेकोछ । पालिकाले ८१.५९ प्रतिसत रकम खर्च गरेकोछ । जसमा विनियोजन रकम ४७,८४,७१,१२४.३० रुपैया रहेको थियो भने खर्च रकम ३९,०४,१४,९८९.७० रहेकोछ । आ.व मा ४६४ योजनाहरु छनौट गरिएको थियो त्यी योजनाहरु मध्ये ४२३ योजनाहरु सम्पन्न भएका थिए । ४१ योजनाहरु भने आ.व. मा सम्पन्न हुन सकेका छैनन् । औसतमा भौतिक प्रगती ९१.१६ प्रतिसत रहेकोछ । पालिकाले आन्तरिक राजस्व संकलन रु ३० लाख संकलन गरेकोछ ।
भागेश्वर गाँपालिका डडेल्धुराको बार्षिक समिक्षा को पुर्ण विवरण हेर्न यहा क्लिक गर्नुहोला-
Views: 273


















