२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

गाँजा वैधानिक गर्न सरकारलाई संघले दबाबमूलक आन्दोलन

डडेल्धुरा –  नेपाल फर्म व्यावसायी संघ नेपालको नेतृत्वमा माइतीघर मण्डेलामा गाँजा वैधानिक महाअभियान कार्यक्रम भएको छ । उच्च अदालतबाट पटकपटक पेशी सुनुवाइ नभए पछि जनचेतनामूलक कार्यक्रम गरिएको संघका अध्यक्ष ऋगेन्द्र गिरीले बताउनु भएको छ । सरकारलाई गाँजा आयोग गठन गर , कृषि हिरा पुर्खाले चिनेको तर हामीले किन नचिनेको, मात्र गाँजाको कारण जेलमा रहेका किसानलाई रिहाइ गर खालका पम्प्लेटहरुले सरकारलाई दबाबमूलक कार्यक्रम गरेको बताएका छन ।
अहिले हामिले गर्नु पर्ने भनेको गाँजाको बैधानिकता हो ।
नेपालमा कृषि उत्पादन स्थानिय सरकार र केन्द्रिय सरकार मिलेर खरिदको ग्यारेन्टी, संकलन केन्द्र स्थापना र नर्सरी बनाएर बिरुवा रोप्ने काम हो । नाकामा स्वोदेशी उत्पादन हुने चिजको आयातमा कढाई, बन्द या कर बढाई गरौ ।

भाङ्गो नेपालीहरूको परम्परागत जीवन शैली यापन गर्ने अनिवार्य बस्तु हो । जसबाट खाद्यान्नका लागि तेल, अचार, खाजा र पोसाकका लागि भाङ्ग्रा, घरभुना, पेटी, धोच्चारजुत्ताका साथै अन्य प्रयोजनहरूमा दाम्लो, नाम्लो, झाबीरझोला, जाली, खकन्ध, भाङ,दियालो, धोकरारथैलो, पासा, धनुष ताँड, इत्यादि लगायतका सामग्रीहरू बनाई प्रयोग गर्ने गरिन्छ भने यसका तेलबाट वायु, ग्याष्टिक, चोटपटक जस्ता रोगहरूलाई सन्चो बनाउने विश्वास छ । भाङ्गोलाई गाँजा पनि भन्ने गरिएको छ । भाङ्गोबाट निकालिएको चरेस अहिले बहुमुल्य रुपमा बिक्री हुने गर्दछ तर यसको निकासी छिमेकी भारतमा हुन्छ र वाह्य आर्थिक आपूर्ति गर्न सकिरहेको अवस्थामा नेपाल सरकारले अवैध मानेर नेपालीको आर्थिक अवस्थासँग जोडिएको भाङ्गोलाई गाँजाको रुपमा फडानी गरिदिने, अपहरण गर्ने जस्ता कार्यले सिङ्गो नेपालीहरूको आर्थिक स्रोतलाई नै धरासाही पारिरहेको छ । यस विरोध र गाँजा सचेतनाको लागि सबै लाग्नु पर्दछ । जसले देशको सिङ्गो आर्थिक अवस्थालाई उकास्ने कुरामा विश्वस्त गर्दछ ।


विदेशबाट खरिद गरेर ल्याउनुपर्ने महगो “काजु” भन्दा नेपाल मै उत्पादन हुने “भागो” गाँजाको बीउ मानव स्वास्थको लागि कैयौं गुना राम्रो रहेकोछ । मुख्य खाद्य तत्व, खनिज तत्वहरु र भिटामिनहरु सबैको तुलना गर्दा काजु भन्दा भागो उत्कृष्ट खाद्यान्न रहेकोछ र यसको लागि १०० ग्राम काजु र १०० ग्राम भागोमा पाइने खाद्यतत्व बारे जानकारी गराउदै संघका अध्यक्ष गिरीले आन्दोलनमा सम्पुर्ण कृषकहरूलाई सहभागी भइ गाँजा वैधानिक महाअभियानमा लाग्न अनुरोध गर्नुभएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।