२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

एनएमबी बैंक डडेल्धुराले अब नयाँ भवन बाट सेवा प्रवाह गर्ने

              सडक विस्तार संगै बैकले शाखा कार्यायलाई बागबाजर बाट बगरपाटामा सारेको छ
डडेल्धुरा – डडेल्धुरा सदरमुकामको बसपार्क नजिकै रहेको एनएमबी बैंकको शाखा नयाँ ठाउँमा स्थानान्तरण भएको छ। जिल्ला सदरमुकामको मुख्य बजारमा सडक विस्तार भएसँगै एनएमबि बैंक पनि विस्थापित भएको थियो।

शाखा अब नयाँ व्यवस्थापनका साथ बगरबाटामा रहेको पुरानो गार्डेन मार्ट रहेका भवनबाट सेवा विस्तार गरेको हो। एनएमबी बैंक लिमिटेड डडेल्धुरा शाखा विगत लामो समयदेखि डडेल्धुरा बसर्पाक नजिकैको भवन बाट आफ्नो सेवा दिँदै आएको थियो।

एनएमबी बैंकको डडेल्धुरा शाखा नयाँ भवन फोटो ( धन बहादुर भण्डारि )
एनएमबी बैंकको डडेल्धुरा शाखा नयाँ भवन : फोटो ( धन बहादुर भण्डारि )

ग्राहकहरूलाई सेवा दिनका लागि थप व्यवस्थापनका साथ नयाँ भवनमा कार्यालय सारेको हो। यस ठाउँबाट ग्राहकलाई सन्तुष्टि दिन र सेवालाई दु्रत गतिमा लैजाने किसमले कर्मचारी समेत परिचालन र निर्देशन गरिएको सेवा सुचारु गर्दै एनएमबी बैंकका सुदूरपश्चिमका प्रादेशिक सञ्चालक तथा प्रमुख विनोद मान सिंहले बताए।

प्रादेशिक प्रमुख सिहंको प्रमुख आथित्यमा शाखालाई नयाँ भवनमा उद्घाटन गरी सेवा सञ्चालनमा ल्याएको डडेल्धुरा शाखा प्रमुख वीरेन्द्रबहादुर भण्डारीले जानकारी दिए। जिल्लास्थित विभिन्न बैंकका प्रमुख तथा कर्मचारी, पत्रकार, बैंकका ग्रहाक र शुभचिन्तकको उपस्थितिमा प्रादेशिक संञ्चालक प्रमुखले बैंक सेवा नयाँ भवनवाट उद्घाटन गरेका हुन्।

एनएमबी बैंक विगत २६ वर्षदेखि अनवरत रूपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आइरहेको छ। यो बैंक नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्थाको रुपमा स्थापित भएको बैक हो। एनएमबी बैंकका देशभर २०१ शाखा, १३८ एटिएम र १२ एक्सटेन्सन काउन्टरमार्फत् सेवा प्रदान गरिरहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।