२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

डडेल्धुरामा सवारि दुर्घटनामा कमी

डडेल्धुरा(दिपकराज भट्ट) – डडेल्धुरामा आ.व २०७९।८० मा कुल ९ ओटा सवारि दुर्घटनाका घटनाहरु घटेका छन् भने आ.व. ०७८।७९ मा २३ ओटा घटना घटेको जिल्ला टा«फिक कार्यालय स्याउले डडेल्धुराको तथ्याङकले देखाउछ ।
उता राजस्व संकलनमा पनि ०७८।७९ भन्दा ०७९।८० मा कमी आएकोछ । आ.व. ०७८।०७९ मा जिल्ला भरमा चौतिस लाख २३ हजार संकलन भएको थियो भने आ.व.२०७९।८० मा उन्नतिस लाख ६१ हजार ५ सय संकलन भएको जिल्ला टा«फिक कार्यालय स्याउले डडेल्धुरा प्रमुख भीम बहादुर बोहराले जानकारि दिनुभयो ।
बोहरा भन्छन् ः हामीले जिल्ला भरिमा जनचेतनाका अभियानहरु चलाएका थियौ जसले गर्दा टा«फिक नियम उलंगनका घटनाहरुमा कमी आएको र डडेल्धुरामा यातायात कार्यालय स्थापना भए पछि टा«फिक नियम उलंगनका घटनाहरुमा कमी आएको हामीले अनुभव गरेका छौ । टा«फिक नियम उलंगनका घटनाहरुमा कमी आएपछि राजस्व संकलनमा कमी आउनु स्वभाविक नै हो ।
हामीले टा«फिक नियम उलंगनका घटनाहरु लाई न्युन गर्ने लक्ष्य लिएका छौ । हामीले यस्ता घटनाहरु लाई कम गर्नुका लागि यँहाका अभियानता, स्थानीय सरकार , सरोकारवालाहरु सँग समन्व्य गरेर जाने आगामी योजना रहेको छ ।
आ.व. २०७८।७९ मा सवारि दुर्घटना बाट ५ जनाको मृत्यु भएको थियो भने ५ जना गम्भिर घाईते र २२ जना सामान्य घाईते भएका थिए यस्तै आ.व. ०७९।८० मा ४ जनाको मृत्यु, १ जना गम्भिर घाईते र २६ जना सामान्य घाईते भएका थिए ।
उता पशुचौयाहरु सडकमा खुला छाडनाले सवारि घटनाहरु हुने सम्भावना बढि रहेकाले यसको व्यवस्थापका लागि स्थानीय सरकारले पहल चाल्नुपर्ने देखिन्छ ।

कार्यालय प्रमुख सँग गरिएको कुराकानीको अंश-

(2) Facebook

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।