डडेल्धुरा (दिपकराज भट्ट) – ६२ बर्षको ईतिहास बोकेको सुदुरका सात पहाडि जिल्लाको केन्द्रका रुपमा रहेको डडेल्धुरा अस्पतालमा दरबन्दि अनुसार बिशेषज्ञ डाक्टर नहुँदा बिरामीहरुले दुखः भोग्नु परेकोछ ।
सुदूरपश्चिम प्रदेशमा विशिष्ट विशेषज्ञ सेवासहितको स्वास्थ्य सुविधा रहेको भनिएको एक मात्र अस्पताल हो, डडेल्धुरा अस्पताल । तर, २० जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको यो अस्पतालमा विशेषज्ञ चिकित्सक भने एकजना पनि छैनन् ।



५ फागुन ०७५ को मन्त्रिपरिषद् बैठकले विशिष्ट सेवा प्रवाह गर्ने गरी उप — क्षेत्रिय अस्पताल बाट डडेल्धुरा अस्पतालमा स्तरोन्नति गरेको थियो । सुदूरपश्चिमका सात पहाडी जिल्लाका बासिन्दालाई सेवा प्रवाह गर्न यो अस्पताललाई प्रदेशकै ठूलो अस्पतालमा स्तरोन्नति गरिएको थियो । तर, अहिले सामान्य ज्वरो आएका बिरामीलाई पनि धनगढी रेफर गर्नुपर्ने बाध्यता छ ।
उपक्षेत्रीय अस्पताल सञ्चालनका लागि नै १०९ जनाको दरबन्दी स्वीकृत भएको थियो । तर, त्यसवेला स्वीकृत दरबन्दी अनुसार पनि एकजना ११औँ तहको मेडिकल सुपरिटेन्डेन्ट, नवौँ र १०औँ तहका थप १९ जना कन्सल्टेन्ट चिकित्सक हुनुपर्ने हो । तर, आठौँ तहका मेसुले अस्पताल सञ्चालन गरिरहेका छन् । दरबन्दीमा नवौँ र १०औँ तहका एकजना पनि चिकित्सक कार्यरत छैनन् । अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तले बताउनुभयो ।
पछिल्लो समयमा अस्पताको सेवा प्रति जनगुनासोहरु बढदै गएका छन्
रेफरल अस्पतालको रुपमा रहेका भन्दै स्थानीयहरु ले अस्पतालमा विशेषज्ञ डाक्टरहरु ल्याउनुपर्ने माग राख्दै आएका छन् । यस्तै अस्पतालमा लाई कर्मचारि भर्ति केन्द्रको रुपमा विकास गरेको यादव ओझाले गुनासो गरे , उनले थपे मेले अस्पतालका सुचना अधिकारि संग सुचना माग्दा समेत सुचना नपाएको उलटै धम्की पाएको तथा जिल्ला प्रहरी कार्यालयमा समेत पुगाइएको थियो अस्पतालमा पार्दशिता छैन् ।
विशिष्ट विशेषज्ञ अस्पताल पाँच सय शय्याको हुनुपर्छ । तर, यो अस्पतालमा एक सय शय्या पनि मुस्किलले सञ्चालन भइरहेको छ । प्रदेशको सबैभन्दा ठूलो अस्पताल भए पनि धनगढी प्रादेशिक अस्पतालमा बिरामी रेफर गर्नुपर्ने अवस्था रहेको बताउँछन्, अस्पतालका सूचना अधिकारी पन्त । उनका अनुसार विशिष्ट विशेषज्ञ अस्पतालको हैसियत पाउँदा पनि दरबन्दी भने उपक्षेत्रीय अस्पताल अनुसार पनि छैन ।
‘उपक्षेत्रीय अस्पताल सञ्चालनका लागि १०९ जनाको दरबन्दी स्वीकृत भएको थियो । त्यसअनुसार पनि एकजना ११औँ तहको मेडिकल सुपरिटेन्डेन्ट, नवौँ र १०औँ तहका थप १९ जना कन्सल्टेन्ट चिकित्सक हुनुपर्ने हो । तर, आठौँ तहका मेसुले अस्पताल सञ्चालन गरिरहेका छन् । दरबन्दीमा नवौँ र १०औँ तहका एकजना पनि चिकित्सक कार्यरत छैनन्,’ सूचना अधिकारी पन्तले भने । १०९ मध्ये ४७ पद रिक्त छन् ।
अस्पतालका निमित्त मेसु डा. चेतराज भट्टले स्वीकृत दरबन्दी अनुसार चिकित्सक लगायत स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा समस्या भएको बताए । ‘सुरुमा यहाँ चिकित्सक ल्याउनै मुस्किल छ, ल्याइसकेपछि टिकाउन झन् समस्या छ,’ उनले भने, ‘सेवा प्रभावकारी बनाउन सबैभन्दा पहिले प्रत्येक विभागमा तीन चिकित्सक आवश्यक पर्छन्, तर एकजना चिकित्सक टिकाउन पनि मुस्किल छ ।’
अस्पताललाई पाँच सय शय्याका लागि प्रस्ताव
०१८ देखि विभिन्न नामले सेवा प्रवाह गर्दै आएको डडेल्धुरा अस्पताल अमेरिकी डा. मेनार्ड सिमनले १२ शय्याबाट सुरुवात गरेका थिए । सो समयमा टिबी, लेप्रोसी वार्ड स्थापना गर्दै सेवा सञ्चालन गरिएको थियो । ०४५ मा टिम अस्पतालका नाममा २५ शय्यामार्फत स्वास्थ्य सेवा प्रवाह भयो । ०५१ मा ५० शय्यामा स्तरोन्नति भयो । ०७० मा जिल्ला अस्पताल र टिम अस्पताललाई मिलाएर उपक्षेत्रीय बनाइएकोमा ५ फागुन ०७५ मा विशिष्ट विशेषज्ञ सेवासहितको डडेल्धुरा अस्पतालमा स्तरोन्नति भएको थियो ।
अस्पतालले ओ एन्ड एम सर्भे गर्दै पाँच सय शय्यामा स्तरोन्नति गर्न प्रस्ताव गरेको छ । ‘हामीले ओ एन्ड एम सर्भे गरेर स्वास्थ्य मन्त्रालयलाई पठाएका थियौँ,’ अस्पतालका निमित्त मेसु ड. भट्टले भने, ‘मन्त्रालयले विभिन्न चरणमा छलफल गरेर स्वीकृत गर्दै अर्थ मन्त्रालय पठाएको छ । त्यहाँबाट अगाडि बढेको छैन ।’
उक्त प्रस्ताव पारित भए ४० विभाग र ४० एकाईका पाँच सय शय्या सञ्चालन हुनेछन् । अस्पतालमा १२औँ तहका निर्देशक तथा १९८ जना चिकित्सकसहित एक हजार ८७ दरबन्दी हुनेछ । अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले सेवा सुधारका लागि विकास समिति लागिपरेको बताए । ‘यहाँ भएका विशेषज्ञ चिकित्सक स्वास्थ्य मन्त्रालयले सरुवा गरेर अन्यत्र लैजाने तर यहाँ कसैलाई पनि नपठाउने गर्दा समस्या भएको हो,’ उनले भने ।
कार्यालय सहयोगी ४२ जना कार्यरत –
डडेल्धुरा अस्पतालमा डाक्टर नहँदा उता अस्पतालमा कार्यालय सहयोगी भने ४२ जना रहेका छन् । स्विकृत दरबन्दी १५ जना रहे पनि स्थायी १, समिती द्धारा ७ , करारमा ३३ र दैनिक ज्यालादारी गरि ४२ जना कार्यरत रहेका छन् ।
हिलाम्य र धुलाम्य हुने अस्पताल जाने सडक –
डडेल्धुरा अस्पतालका विशेषज्ञ डाक्टर मात्रैको कमी छैन् यहा जाने सडकको अवस्था पनि नाजुक रहेकोछ । अस्पताल जाने सडक अहिले सम्म पनि कालोपत्रे हुन सकेको छैन् । गतिलो सडक नहँदा स्थानीय लाई हिडडुल तथा आवतजावतमा समस्या, विरामीलाई हैरानी हुने गरेको स्थानीय टंक अविस्थिले बताए ।
अस्पतालमा फोहरमैला व्यवस्थापनमा छैन् ध्यान –
अस्पताल भनेको मानव जीवन सँग प्रत्यक्ष जोडिएको हुन्छ तर यता डडेल्धुरा अस्पतालमा भने फोहरमैला व्यवस्थापनमा पनि कमकिमजोरि देखिएको माओवादी केन्द्र अमरगढी नगरपाालिका ईन्चार्ज सोनलाल दमाईले बताए ।
डडेलधुरामा छैन् शव वहान –
डडेल्धुरामा सात पालिका रहेकाछन् । सातै पालिकामा ऐम्बुलेन्स सेवा सुचारु भए पनि सातै पालिका सँग शव वहान भने छद्धैन् तर डडेल्धुराको परशुराम नगरपालिकाले शव वहान खरिद प्रक्रिया अगाडि बढाएको पालिकाका मेयर भरत बडायर जोशीले बताउनुभयो ।

























