२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

सुदूरपश्चिममा गौरा भाद्र ७ कि २१ गते ,गुगुल्डि वाङमय प्रतिष्ठान’ ले गर्यो यस्तो निर्णय

डडेलधुरा – सुदूरपश्चिम तथा भारतको उत्तराखण्ड प्रान्तको कुमाउमा समेत मनाइने महत्व बोकेको पर्व गौरा मनाउने मिति अन्योलमा रहेको बेला ‘गुगुल्डि वाङमय प्रतिष्ठान’ ले विगतको परम्परा अनुसार नै यसबर्ष पनि गौरा मनाउने निर्णय गरेको छ।

सुदूरपश्चिम प्रदेशको पहिचानको पर्व गौरालाई परम्परा भन्दा फरक ढंगले मनाउन नेपाल पञ्चाङ्ग विकास समितिले उर्दी जारी गरेपछि उक्त कार्यप्रति प्रदेशका जनताले असन्तुष्टी जनाइरहेका थिए। सोही विषयमा थप चर्चा र अन्तिम निष्कर्ष दिन ‘गुगुल्डि वाङमय प्रतिष्ठान’ ले कञ्चनपुरको महेन्द्रनगरमा सांस्कृतिक विमर्श कार्यक्रमको आयोजना गरी विगतको परम्परा अनुसार नै गौरा मनाउने निर्णय गरेको हो।

कार्यक्रमका सहभागी जगदीश ओझाले सनातन सभ्यतामा कतिपय कर्म सम्पादनका मान्यता त्यहाँको देशाचार, लोकाचार, कुलाचार को मान्यताले हुँदै आएकाले यस्ता पहिचान र मौलिकता बोकेका हाम्रा पर्व त्यही अनुसार मनाउनु पर्नेमा जोड दिएका छन्। उनले भने, ‘सुदुर पश्चिममा गौरा पर्व मनाउनु अगाडि अधिकाँश ठाउँमा गौरा एकादशी अथवा पुत्रदा एकादशी नउपासेर मनाउने चलन छैनु उनले अधिकाँश सहभागीले हचुवाको भरमा जिम्मेवार निकायले उर्दी जारी गर्दा आफ्नो मान मर्दन भएको गुनासो पोखेका थिए।

सुदुर पश्चिमका ज्योतिषले भाद्र २१ गते गौराको लागि उपयुक्त हुन्छ भनेर आवाज उठाए सङ्गै केन्द्रले विज्ञप्ति जारी गरी ७ गते मनाउन अपील गरेको थियो। तर अधिकांश ठाँऊमा गाउँ समाजमा बसेर २१ गते निर्णय गरेको र सोही क्रममा सुदुरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजीत कार्यक्रममा पनि वक्ताले २१ गतेको माग गरेकोले प्रदेश मन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका थिए।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।