२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

आफ्नै लोगो र गान बनाउदै अजयमेरु गाँउपलिका (हरौं सुचना सहित)

डडेल्धुराः डडेल्धुराको अजयमेरु गाउँपालिकाले आफ्नै पालिका लोगो र गान तयार गर्ने भएको छ । अजयमेरुको पहिचान झल्किने गरी गाउँपालिकाले लोगो र गान तयार गर्न लागेको पालिकाले एक सुचना माफृत जानकारि गराउकोछ ।

गाउँपालिकाले पालिका लोगो र गान तयार गर्नका लागि गीतकार तथा कलाकार छनोट गर्न प्रक्रिया थालेको छ । इच्छुक गीतकार तथा कलाकारलाई पालिकाको लोगो र गान तयार गर्न गाउँपालिकाले बिहीबार सार्वजनिक सूचना जारी गरी आह्वान गरेको छ ।

भदौ ११ गतेसम्म गाउँपालिकाको कार्यालयमा गाउँपालिकाको लोगो तथा गानको रचना गरी छुट्टाछुट्टै शिलबन्दी खाम पेश गर्न आह्वान गरिएको गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्ट (विकास) ले बताए।

पालिकाको सामाजिक, आर्थिक, भौगोलिक, धार्मिक, ऐतिहासिक, भाषिक, साँस्कृतिक तथा पर्यटकीय मौलिक विशिष्टता झल्किने गरी पालिका गान तथा लोगो तयार गर्न खुला रूपमा आह्वान गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबहादुर सेटीले जानकारी दिए।

उनका अनुसार पालिका गान घटीमा ५० शब्द र बढीमा ६० शब्द हुनुपर्नेछ। पालिकाको लोगो नेपालको राष्ट्रिय लोगोकै आकारमा गाउँपालिकाको मौलिक विशिष्टता झल्कने हुनुपर्ने र पालिकाको गान र लोगोको मूल्याङ्कन छनोट समितिबाट गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत सेटीले बताए। रचनाकारले पालिका गान र लोगोमध्ये कुनै एक वा दुवै विद्यामा प्रतिस्पर्धा गर्न पाउनेछन्।

हरौं गाउँपालिकाले जारी गरेको सूचना- 

पालिका गान र लोगो तयार गर्ने सम्बन्धी सूचना।।। | अजयमेरु गाउँपालिका सुदुरपश्चिम प्रदेश,डडेल्धुरा (ajayamerumun.gov.np)

 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।