२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

उज्यालो सँग जोडियो चमा गाउँमा, हट्यो सोलार बाल्नु पर्ने बाध्यता

         २०७९ सालको चुनावका बेला नो ईलेक्ट्रिीसिटी नो भोटको नारा लागेको गाउँ चमा बल्ल बिजुली बलेको छ ।
डडेल्धुरा – डडेलधुराको नवदुर्गा गाँउपालिका ५ चमा गाँउमा आज विजुल बलने भएकोछ । २०७९ सालको चुनावका बेला स्थानीयहरुले नो ईलेक्ट्रिीसिटी नो भोटको नारा लगाएका थिए । बजुली नहुदा चमागाउँबासी सोलारको प्रयोग गर्दै आईरहेका थिए । चमा गाउँबासी विगत छ वर्ष देखि गाउँमा बिजुली पुग्नु पर्ने माग राख्दै आईरहेका थिए । गत चुनाव हुने बेला सम्म गाउँमा बिजुली नपगेको भन्दै चमाबासीले नो ईलेक्ट्रिीसिटी नो भोट भन्दै चुनाव बहिस्कारको परिस्थितीमा पुगेको स्थानीय सुरेन्द्र बिष्टले बताए ।

बिजुलीको माग निरन्तर रुपमा राख्दै आएपछि अहिले बल्ल बिजुली बलेको उनले बताए । चमा वारीको सिरोड गाउँमा गत पुस महिनामा बिजुली बलेको थियो । चमा सिरोड गाउँ संगै अहिले वडा नं.४ र ५ का दर्जन गाउँमा बिजुली बलेको गाउँपालिका अध्यक्ष लक्ष्मि प्रसाद अवस्थीले जानकारी दिए । हाल चमा, सिरोड संगै कटाल, काकाडपानी, खटौटे, चलकट्टे, ईसलेक लगायतका गाउँमा भने बिजुली बलेको छ ।

आर्थिक वर्ष २०७८।२०७९ मा करिब ५० लाख रकम बराकरको ठेक्का भए पछि हाल आएर गाउँमा बिजुली बलेको हो । गत वर्ष नै बिजुली बलिसक्नु पर्ने भए पनि ठेकेदारको लापर्वाहीका कारण ढिलो भएको उनले बताए । २०७८ अन्त्यमै बिद्युत विस्तारको काम सक्ने गरि दुई वटा निर्माण कम्पनीसंग ठेक्का सम्झौता भएको थियो ।
नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराका कार्यालय प्रमुख रमेश अवस्थीका अनुसार पोल गाडेर ठेकेदार वेपत्ता भएका थिए । फोन सम्पर्कबाट पनि ठेकेदार वेपत्ता भए पछि पत्रिकामा सम्झौता रद्द गरिने र निर्माण कम्पनीलाई कालो सुचिमा राख्ने भनि सुचना निकालिएको थियो । त्यसपछि ठेकेदार सम्पर्कमा आई हाल बिद्युत विस्तारको काम सम्पन्न भएको छ ।

कार्यालय प्रमुख अवस्थीका अनुसार गत आर्थिक वर्षमा विद्युत विस्तारको काम गर्न ३५ लाख रकम बराबरको भिन्ना भिन्नै तीन स्थान तोकिएर पुनः टेण्डर भएको थियो । यस्तै नवदुर्गा, अजयमेरु गाउँपालिका र आलिताल गाउँपालिका, परशुराम नगरपालिकामा पनि निर्माण व्यवसायी संगको ठेक्का सम्झौता मार्फत बिद्युत विस्तारको काम भईरहेको छ । हाल डडेल्धुराको ७५ प्रतिशत घरधुरीमा बिद्युतको पहुच पुगेको छ । बाँकी २५ प्रतिशत घरधुरीमा बिद्युतको पहुच पुगाउने काम भईरहेको र ठेकेदारले समयमै काम सम्पन्न गरे चालु आर्थिक वर्ष भित्रै सतप्रतिशत घरधुरीमा बिद्युतको पहुच पुग्ने कार्यालय प्रमुख अवस्थीको भनाई छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।