डडेल्धुरा – डडेल्धुराको भित्रिमधेसमा रहेको आलिताल गाँउपालिकामा एक युवती मृत फेला परेकी छिन् । आलिताल गाँउपालिका वडा न. ७ को खिन्नेभाडीकी नन्दा साउद नाम गरेकी युवती नजिकैको जंगलमा मृत भेटिएकी हुन युवतीको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरीको टोली घटना स्थल तर्फ जादै गरेको छ मृत्यको कारण आत्महत्या हो कि हत्या गरिएको हो बारेमा प्रहरीले घटना स्थल पुगेपछि अध्ययन हुने बतताएको छ । घटनाको थप विवरण आउन भने बाकी छ ।



Views: 147

























