२०८१ मंसिर २६ बुधबार
२०८१ मंसिर २६ बुधबार

शाकाहारी हुनुको बेग्लै आनन्द

लियो टोलस्टोयले भनेका थिए ‘शाकाहारीवाद नै मानवतावादको तपस्या हो ।’ अर्थात हामीले विश्वमा शान्तीको कामना गर्छौ भने शाकाहारी बन्नुपर्छ । लेखक एवं कुशल राजनीतिज्ञ जर्ज बर्नाड सा शाकाहारी खानपानमा जोड दिन्थे । उनको एउटा चर्चित भनाई छ, ‘जनावरहरू मेरा मित्र हुन् । म कसरी मित्रलाई आफ्नो भोजन बनाउन सक्छु रु’

साउनको महिना र शाकाहारी खानपानबीच खास तालमेल छ । यतिबेला धार्मिक हिसाबले होस् वा स्वास्थ्यको हिसाबले, सात्विक एवं सुपाच्य खानेकुरा सेवन गर्नुपर्छ भनिन्छ । सात्विक अर्थात सजिलै पचाउने, शुद्ध, ताजा र मौसमी खानेकुरा । यसमा माछामासु, मसलेदार, तारेको(भुटेको खानेकुरा समावेश हुँदैन ।
यद्यपि हाम्रो प्रवृत्ति के छ भने, मीठोमसिनो खानेकुरा भन्नसाथ माछामासुलाई प्राथमिकता दिने । जमघट, चाडपर्व, उत्सवमा मात्र होइन, स्वाद फेर्नका लागि हाम्रो भान्छामा माछामासु पाक्ने गर्छ । हामीमध्ये धेरैलाई शाकाहारी भोजनमा रमाउने बानी छैन । जबकी शाकाहारी भोजनमा पनि आफ्नै विशिष्ठ स्वाद एवं मिठास हुन्छ ।

माछामासु छाड्नसाथ हामीले आफ्नो थालीमा अरु परिकारहरु थप्न सक्छौं । जस्तो दुधजन्य परिकार घिउ, दुध, दही, मोही । सलाद, फलफूल, गेडागुडी ।

कतिपयलाई के लाग्छ भने माछामासुबाट शरीरमा जुन पोषक तत्व प्राप्त हुन्छ, शाकाहारी खानाबाट त्यो पूर्ति गर्न सकिदैन । जबकी माछामासुमा उपलब्ध हुने पोषक तत्व दुधजन्य परिकार वा अन्य सागसब्जीबाट समेत पाउन सकिन्छ । अर्थात शाकाहारी भोजनमा पोषक तत्वको सन्तुलन मिलाउन सकिन्छ ।

शाकाहारी खानपान अपनाउँदा प्रत्यक्ष रुपमै केही फाइदा पुग्छ । जस्तो यसले हाम्रो पाचन यन्त्रलाई चुस्त राख्छ । शरीरमा अनावश्यक विकार पैदा हुँदैन । अपचदेखि हृदय रोगसम्मका लागि शाकाहारी भोजन उपयुक्त हुन्छ ।

शाकाहारी खानपान अपनाउँदा रोगको जोखिमबाट त बच्न सकिन्छ नै, यसबाट प्रत्यक्ष वा परोक्ष रुपमा अरु पनि फाइदाहरु पुग्छ ।

कतिपय संक्रामक रोग जनवार एवं मासुजन्य परिकारबाट नै मान्छेमा सरेको पाइन्छ । जस्तो कोरोना भाइरस चमेरा वा सालकबाट सरेको भन्ने अनुमान गरिएको छ, भलै यसमा अझै खोज–अध्ययन हुन बाँकी छ । तर, स्वाइन फ्लु, बर्ड फ्लु जस्ता थुप्रै संक्रामक रोग जनवार एवं त्यसको मासुबाट फैलिएको पाइन्छ । माछामासु त्याग्नु भनेको यस्ता जोखिमबाट टाढा रहनु पनि हो ।

संयुक्त राष्ट्रसंघबाट प्रकाशित एक रिपोर्टका अनुसार मासु खानु विश्वको प्रमुख वातावरण समस्या मध्ये एक हो । रिपोर्टले मासु खानाले विश्वभर रहेका कार, बस, ट्रक, जहाजले उत्पादन गर्ने भन्दा ४० प्रतिशत भन्दा धेरै ग्रीनहाउस ग्याँस उत्पादन गर्ने बताएको छ । माछामासु त्याग्नुको अर्थ पर्यावरणमा अशिंक रुपमा भएपनि सहयोग पु¥याउनु हो ।

माछामासु त्याग्नु भनेको पशुपंक्षीप्रति हुने हिंसामा सामेल नहुनु पनि हो । मासुको लागि ठूलाठूला फार्ममा जनावरलाई अत्यान्तै क्रुर ढंगले पालिन्छ । मासुखान योग्य भएपछि उत्तिनै क्रुरतापूर्वक बध गरिन्छ । यी जनावरहरुले कहिल्यै पनि आफ्नो परिवार हुर्काउन, प्राकृतिक वासस्थान मा बस्न, गुँड बनाउन र अन्य प्राकृतिक कुराहरु गर्न पाउँदैनन् ।

माछामासु खानेको तुलनामा शाकाहारी व्यत्तिको औसत आयु १० वर्षभन्दा धेरै हुने पाइएको छ । स्वस्थ शाकाहारी खानाले जीवनभरको लागि स्वस्थ रहन मद्धत गर्छ र मुख्य रोगहरु जस्तैः मुटुको रोग, क्यान्सर र हृदयघातबाट बचाउँछ ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।