डडेल्धुरा( दिपकराज भट्ट) — डडेल्धुरामा निमार्ण व्वसायि संघले प्रधानमन्त्रि लाई ९ बुदे माग सहित प्रमुख जिल्ला अधिकार मार्फत आज ज्ञापन पत्र बुझाएकोछ । अध्यक्ष भवानी दत्त अवस्थि हस्ताक्षरित पत्रमा तलका ९ बुदामा सहितको ज्ञापन पत्र बुझाएको , माग पुरा नभए चरण बद्ध रुपमा आन्दोलन गर्ने निमार्ण व्यवसायी लबराज चटौतले जानकारि दिए ।
यस्ता छन पत्रमा समावेस गरिएका बुँदाहरु
१) सबै निमार्ण कार्यको भुक्तानी हुनपर्ने ।
२) नेपाल सरकार बाट म्याद थपको आदेशमा संसोधन गरि सम्पुर्ण आयोजनाहरु एकमुस्ट रुपले म्याद थप गर्नु पुनः आदेश जारि गर्नुपर्ने ।
३) अत्याधिक र अप्रत्यासित रुपले भएको मुल्य बृद्धिलाई सम्बोधन हुनेगरि मुल्य समाजोजन गर्नुपर्ने ।
४) रुग्ण आयोजनाहरु अन्यौलग्रस्त र बजेट नभई काम हुनु नस्कने एंवम काबु बाहिरका निमार्ण कार्यहरु सुविस्ताको आधारमा अन्तय गर्नुपर्ने ।
५) चेक बाउन्स र बैंक ग्यारेन्टि जफत गर्ने लगायतका कार्बाहि रोकिनुपर्ने ।
६) बिमाको प्रमियम दरमा भएको मुल्य बृद्धिलाई खारेज गर्नुपर्ने ।
७) श्र्रोत्रमा कट्टा गरेको अग्रिम आयकर र मुअकरको बाकि बक्यौता रकम समयमा नियोत्ताले राजस्वमा दाखिला गर्नुपर्ने ।
८) उपभोक्ता समिती बाट निमार्ण कार्य गर्ने व्यवस्था खारेज गर्नुपर्ने ।
९) कानुन संसोधन गरिनुपर्ने ।
माग पुरा नभए चरण बद्ध रुपमा आन्दोदन गर्ने चेतावनि समेत ज्ञापन पत्रमा समावेस गरिएकोछ ।
हरौं जारि गरिएको ज्ञापन पत्र –
































