२०८३ असार ८ सोमबार
२०८३ असार ८ सोमबार

ओलीले सुन काण्डमा आफ्नो संलग्नता रहे/नरहेको गृहमन्त्री श्रेष्ठलाई प्रष्ट पार्न आग्रह

नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले सुन काण्डमा आफ्नो संलग्नता रहे वा नरहेको गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रष्ट पार्न भनेका हुन ।

कम्बोडियाबाट सोमबार राति फर्किएका अध्यक्ष ओलीले विमानस्थलमा आक्रोश पोख्दै काँक्रा आफू खाएर बियाँ अरू गालामा टाँस्ने चेष्टा भइरहेको जनाएका छन ।

‘मान्छेहरू फ्रस्टेड किन हुन्छन् भने नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुनुहुन्छ उहाँले यहाँ सेक्युरिटीको बन्दोवस्त गरेको छ कि छैन विमानस्थलमा सेक्युरिटी गर्ने काम उहाँको हो कि होइन यहाँको आउने जाने चिजहरूको निरीक्षण गर्ने काम उहाँको हो कि होइन ।

अनि क्विन्टलका क्विन्टल सुन बाहिर जान्छ, गृहमन्त्री अनि कोटको गालामा र टारको गालामा गएर क्राँक्राको बियाँ, अर्काकै गालामा, मुखैको छेऊमा लगेर टास्ने’ उनले भने।

गृहमन्त्रीले ‘कोट’ र ‘टार’को जहाँ भए पनि दोषी कसैलाई नछाड्ने भनेर केही दिनअघि दिएको अभिव्यक्तिप्रति ओली आक्रोशित भएका छन ।उपप्रधान तथा गृहमन्त्री श्रेष्ठको यो अभिव्यक्ति अनैतिक र गैरजिम्मेवार भएको ओलीले जानकारी समेत दिएका छन ।

‘अन्यन्तै अनैतिक क्रियाकपाल हो। गृहमन्त्रीको क्रियाकलाप अत्यन्तै गैरजिम्मेवार छ । आफू गृहमन्त्री।।। यसको भए पनि उसको भए पनि।। यस्ता खालका गैरजिम्मेवार कुराहरू गरेर हिँड्ने गृहमन्त्रीले बताउनुपर्‍यो, उहाँको संलग्नता छ छैन यसमा सानोतिनो संलग्नतामा त यो काम भएको छैन होला उहाँको चाहिँ संलग्नता छ कि छैन छैन भने कसको संलग्नता छ को छ यसमा यत्तिकै कोटका गालामा काँक्राको बियाँ टास्ने होइन ओलीले भने।

ओलीले गृहमन्त्रीलाई तरिका पुर्‍याएर बोल्न पनि आग्रह गरेका छन ।‘म उहाँलाई सचेत गराउन चाहन्छु, गृहमन्त्रीका हैसियतले बोल्दा तरिका पुर्‍याएर बोल्नुपर्छ, बततमिज हुनु एउटा कुरा हो, यो बततमिजी मात्र होइन, गैरजिम्मेवार हद भयो, जथाभावी बोल्ने गृहमन्त्री भएर, जथाभावी बोल्न गृहमन्त्रीलाई छुट छ’ उनले भने।

अरूले जवाफदेहीको कुरा उठाउँदा मुद्दा हालिएको ओलीको भनाइ छ । उनले प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतविरूद्ध गृहमन्त्रीको सचिवालयले साइबर ब्युरोमा दिएको उजुरीको प्रसंग जोडेका छन ।

‘अर्काले, कसैले गृहमन्त्रीको जवाफदेहीको कुरा उठायो भने मुद्दा हाल्ने जाने गृहमन्त्रीमाथि मुद्दा हाल्ने कि नहाल्ने गृहमन्त्रीले र कोट र टारका चर्चा गरेका सम्बन्धमा त्यसको अर्थ के हो उनले भने।

उनले केही मिडियाले आफ्नो फोटो राखेर समाचार लेखेकोबारे पनि आक्रोश पोखेका छन ।‘तसर्थ यहाँनेर उहाँको पत्रिका नयाँ पत्रिकाले सुरूमै बोल्नु, चेम्बर अधिवेशनमा खिचिएको फोटो, च्याम्बरको मिटिङमा व्यापारी नभएर किसान हुन्छ त चेम्बर, सिएनआई, एफएनसिसिआईको अधिवेशनमा व्यापारी हुन्छन्। अतः यस्ता गम्भीर विषयलाई डाइभर्ट गर्न खोजिँदैछ उनको भनाइ थियो।

उनले ध्यान कता मोड्न खोजेको के छोप्न खोजेको जस्ता पनि प्रश्न गरे।‘उता चिल देखाएर यता के छोप्न खोजिँदै छ आकाशतिर म नयाँ पत्रिका, गृहमन्त्रीजस्ताहरूलाई सोध्न चाहन्छु, के छोप्न खोजिँदै छ म पनि भन्न चाहन्छु अबको समयमा, कुनै वन होस्, कुनै वनका छेउछाउ होस्, कसैले पनि यस्ता काम गरेको छ भने अब छोडिनेवाला छैन।

यो सुनकान्ड अन्तिमसम्म नपुर्‍याइ हामी पनि छाड्दैनौं, गृहमन्त्रीलाई थाहा होस्, तपाईंहरूले पुर्‍याइदिनुस् गृहमन्त्रीको कानमा उनले भने

पहिले पनि सुनकाण्ड हुने गरेको तर त्यतिबेला खनेर निकालेको समेत दाबी गरे।

‘फेरि पनि खनेर ननिकालेसम्म छाड्दैनौं, यसमा कारबाही के हुन्छ को जिम्मेवार छ कसमाथि कारबाही हुन्छ

बोक्न त प्लेनले बोक्यो होला, गाडीले बोक्यो होला भरियाले बोक्यो होला बोकाउने को हो प्लेनलाई कसले बोकायो गाडीलाई कसले बोकायो अनी भरियालाई कसले बोकायो ढाकछोप हुन सक्दैन उनले भनेका छन ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।