२०८३ जेष्ठ २८ बिहीबार
२०८३ जेष्ठ २८ बिहीबार

चन्दाबाटै घनघस्या माविमा कक्षा ११ को पढाइ सुरू हुदै

डडेल्धुरा (धन बहादुर भण्डारि)घनघस्या मावि खतेडामा यो शैक्षिक शत्रबाट ११ कक्षाको पढाइ हुने भएको छ । डडेल्धुराको अजयमेरु गाउँपालिका – १ मा पर्ने घनघस्या माविमा १० कक्षासम्म पढाई हुने गरेकोमा यस बर्षबाट ११ को पढाई हुने प्रधानाध्यापक शंकर प्रशाद भट्टले बताए ।

गाउँपालिकाको अनुमती प्राप्त गरेर यो बर्ष शिक्षा र व्यवस्थापन संकायको अध्यापन हुने उनले बताए । उच्च शिक्षा अध्ययन गर्ने घोड्कटे, खतेड, बचकोट, काईराली गाउँ तथा बैतडीको कफलचौडा, डैसिली लगायतका बिद्यार्थीलाई समस्या रहेको थियो ।

विभिन्न समाजसेवी व्यक्तीबाट करिब १२ लाख चन्दा संकलन गरेर बिद्यालयमा ११ कक्षाको भर्ना खुलेको विद्यालयका शिक्षक अभिभावकले बताए । कक्षा ११ सञ्चालनका लागि बिद्यालयले १ स्वंमसेवक शिक्षक र १ निजी शिक्षक राख्ने तयारी भइरहेको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम थलालले जनाए । स्थानिय अभिभावक र शिक्षा प्रेमि तथा चन्दादाताले कक्षा ११(१२ कोपढाई सुरू गर्नाका लागि चन्दादान गरि सहयोग गरेको छ । दुर्गम क्षेत्रमा रहेको विध्यालयका वालवालिका यश अघि उच्च शिक्षाका लागि अन्यन्त्र जानू पर्ने वाध्यता हटेको छ ।

यो बिद्यालयमा अहिले १३ जना शिक्षक छन् । बिद्यालयको अन्य भौतीक संरचना निमार्ण तथा र्ममत र निजी शिक्षकका लागि तलबको व्यवस्थापनका लागि चन्दा सहयोग गर्न बिद्यालयले आग्रह गरेको छ । घर नजिकै उच्च शिक्षाको पढाइ हुने भएपछि यहाँका बिधार्थी हर्षित छन । शैक्षिक सत्र सुरूवात यसै वर्षवाट हुने र अन्य भौतिक संरचना र शिक्षक दरवन्दिका लागि पहल गरि व्यवस्थापन गरिदिनु पर्ने स्थानिय वासिन्दा को अनुरोध छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।