डडेल्धुरा- डडेल्धुरा जिल्ला सदरमुकाम खलंगामा रहेको महेन्द्र मावि विद्यार्थीहरुको रोजाईमा पर्दै गएकोछ । विद्यालयनमुना सामुदायिक विद्यालयको रुपमा अगाडि बढीरहेको छ । विद्यालयले शैक्षिक गुणस्तरमा सुधार गर्दै गएपछि हरेक वर्ष निजि विद्यालय छाडेर महेन्द्र माविमा भर्नाहुने विद्यार्थीको संख्या बढ्दै गएको हो ।



विद्यालयमा एक समय विद्यार्थी घटेर छ सय ८० जनासम्म पुगेका थिए ।अहिले विद्यार्थी बढेर १ हजार ४ सय भन्दा बढी पुगेको छ । बिद्यालयको शैक्षिक गुणस्तरमा पनि उल्लेख्य सुधार भएको अभिभावहरु बताउछन ।
विद्यालयमा पर्याप्त कक्षाकोठा, विद्यालय हाताभित्रै खाजाघर, शौचालय, पानीको व्यवस्था, खेल मैदान, टाढाका बिद्यार्थीका लागि स्कूल बसको ब्यवस्था, र अन्य अतिरिक्त क्रियाकलाप समेत गराउन थालिएपछि विद्यार्थी बढेको बिद्यालयका प्रधानाध्यापक सुरेन्द्र ऐरले बताए ।
शैक्षिक गुणस्तर कायम राख्न शिक्षकहरूलाई पनि थप जिम्मेवार बनाईएको विद्यालय व्यवस्थापन समितिले बताएको छ । सिकाईका लागि सहज वातावरण सँगै अनुशासन र अतिरिक्त कृयाकलापलाई जोड दिन सके सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन सकिने निश्कर्षमा पुगिएको बिद्यालय ब्यवस्थापन समिती अध्यक्ष टंक बहादुर क्षेत्रीले बताए ।
अन्य सामुदायिक विद्यालयले पनि यस्ता विषयमा ध्यान दिन सके महँगो शुल्क तिरेर संस्थागत विद्यालयमा भर्ना गर्नु नपर्ने अभिभावक बताउँछन ।

























