बैतडी- बैतडीको तल्लो स्वराड क्षेत्र मेलौलीमा बस दुर्घटना भएको छ । पञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको बस मेलौली –पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका–७, स्वाखानी भन्ने स्थानमा दुर्घटनामा भएको हो । दुर्घटनामा परि तीन दर्जन बढी यात्रु घाईते भएका छन । सोमबार दिउँसो १ बजेतिर लु २ ख २०११ नम्बरको पवनदुत यातायातको बस दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारीदिए ।



दुर्घटनाका बिषयमा थप जानकारी आउन बाँकी । प्रहरी निरीक्षक चौधरीकै कमाण्डमा दुर्घटास्थलतर्फ प्रहरीको टोली खटिएको छ । दुर्घटनामा परी घाइते भएका ३९ जनाको उद्धार गरी केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा पुर्याइसकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । ७ जनाको अवस्था गम्भिर रहेको छ , बस सडकबाट अन्दाजी चार सय मिटर तल खसेर रुखमा अड्किएको छ । बसमा कतिजना सवार थिए भन्ने अझै एकीन हुन सकेको छैन ।


















