२०८३ असार ५ शुक्रबार
२०८३ असार ५ शुक्रबार

देउवाको गृहजिल्लामा रवीको उद्घोषः २०८४ मा डडेल्धुरामा घण्टी बजाएरै छोडछ

डडेल्धुरा-  धनगढी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले डडेल्धुराका जनता परिवर्तनका लागि तयार भएको बताएका छन् । बिहिवार कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्लामा रास्वपाको जनसभा सम्बोधन गर्दै लामिछानेले डडेल्धुरा परिवर्तन हुन्छ भने देश परिवर्तन हुने बताएका हुन् ।

‘डडेल्धुरा परिवर्तनका तयार भएको छ जब डडेल्धुरा परिवर्तन हुन्छ भने देश परिवर्तन भएरै छोडछ । डडेल्धुरा घण्टी बजाएरै छोडछ ।’ ‘ सभाको आयोजना सुरुवात गरेका हौं’ लामिछाने भने ।

सभापति लामिछानेले २०८४ सालको निर्वाचनमा रास्वपाले डडेल्धुराको भविष्य निर्माण गर्ने व्यक्ति डडेल्धुरा उठाउने बताए । २०७९ सालको प्रतिनिधिसभाको चुनावमा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध स्वतन्त्रबाट प्रतिस्पर्धा गरेका सागर ढकाललाई रास्वपाले समर्थन गरेको थियो ।

देउवा डडेल्धुराबाट २०४८ सालदेखि लगातार चुनाव जित्दै आएका छन्। २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ सालको निर्वाचन गरी लगातार ७ पटक चुनाव जितेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।