डडेल्धुराले साईत पायो ः रबि लामिछाने
डडेल्धुरा- राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको समबोधन कार्यक्रममा डडेल्धुरा पुगेका रवि लामिछानेले पानी पुर्न भनेको शुभ साईत हो डडेल्धुरामा केहि न केहि हुने पक्का छ भनेर पानीको झरिमै सर्मथकहरु सँग उभिएर आफ्ना कुरा राखे ।
उनले भने डडेल्धुराले राजनितीक हिसाबले देशमा चिनाएकोछ , एउटा किसानको छोरा पाँच पाँच पटक प्रधानमन्त्रि पायो , अब पालो नयाँ नेतृत्वको हो । अहिलेसम्मको हाम्रो भोट कहाँ गयो त्यो नसोच्नुस अब २०८४ का लागि सफल नेतृतव लाई भोट दिनुहोला । डडेलधुराका जनताले परिर्वतन चाहेका छन् । म व्यक्तिगत स्वार्थका लागि राजनिती गर्ने छैन म घटाल बाबाको कसम खान्छु ।
संञ्चारकर्मि हुँदा म यँहा आएको थिए यहाँका समस्याका मुद्धाहरु टेलिभिजनमा प्रुारण गरेको थियो , यँहाका आमा बुबाले दिएको यो माया र सम्मान मेरा व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्ने छैन यो माया सम्मान देशको हितमा लगाउने छु । देशकामा असल नेतृत्व छैन र पो छेशको बिकास भएको छैन ।
नयाँ राजनीतीक दल आएपछि पुराना राजनितीको नियत बदलिएला भन्ने ठानेका थियौ तर पुराना राजनितिक दलहरु केबल सत्ताका लागि मात्र दौडिएका छन् । सरकारले अहिले विभिन्न काण्डका घटनाहरु बाहिर आए तर यसको जरा सम्म सरकार पुगेको छैन । देशमा भ्रष्टहरुको विगविगीका कारणले बिकास हुन सकेको छैन् ।




























