२०८३ जेष्ठ २ शनिबार
२०८३ जेष्ठ २ शनिबार

कैलालीमा ट्रक र कार एक आपसमा ठोक्किदा दुर्घटना

अत्तरिया – कैलालीमा ट्रक र कार एक आपसमा ठोक्किदा दुर्घटना भएको छ । जिल्लाको गोदावरी नगरपालिका–४ बुढितोलामा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ट्रक र बिपरीत दिशातर्फ आउँदै गरेको कार एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार रुपन्देहि सियारि गाउँपालिका–१ का ४० वर्षीय सुवास प्रसाद नेपालीले चलाएको ना ६ ख ६३९३ नम्बरको  र भारत अबजारगडका २३ वर्षीय मोहम्मद सलमानले चलाएको युपी १८ जे ९४५६ भारतीय नम्बरको कार एक आपसमा ठोँकिदा दुर्घटना भएको हो ।

कार चालकको निधारमा चोट लागेको र २३ वर्षीय मोहम्मद सदाबको टाउकोमा चोट लागेकाले घाइते दुवैलाई उपचारको लागि पदमा अस्पताल अत्तरिया पठाइएको प्रहरीले जनाएको छ । कारमा चालक सहित ६ जना सवार रहेका थिए । दुबै सवारीसाधन र ट्रक चालकलाई मालाखेती प्रहरीले नियन्त्रणमा लिएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।