२०८३ जेष्ठ १५ शुक्रबार
२०८३ जेष्ठ १५ शुक्रबार

डडेल्धुराको नवदुर्गा गाउँपालिकाको बजेट साढे ४१ करोड

डडेल्धुरा – डडेल्धुराको नवदुर्गा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि ४१ करोड ४६ लाख ७७ हजारको बजेट ल्याएको छ । दोस्रो गाउँसभाको तेस्रो अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष निर्मला बोगटीले बजेट प्रस्तुत गरेकी हुन् ।No description available.
कुल बजेटमध्ये पूँजीगततर्फ ११ करोड ४७ लाख र चालूतर्फ ७ करोड ४० लाख, ससतर्फ १७ करो २४ लाख, विशेष अनुदानतर्फ २ करोड ६० लाख र समपुरकतर्फ २ करोड ७५ लाख रहेको छ। पूर्वाधार विकाससंगै शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर पालिकाले बजेट ल्याएको छ ।

स्वास्थ्यका योजना कार्यान्वयन गर्न डेढ करोड, शिक्षातर्फ २ करोड २१ लाख, गाउँपालिकाका प्रमुख सडक १२ महिना नै संचालन गर्न मर्मतका लागि ३५ लाख, खानेपानी योजनाका लागि ६८ लाख, पशु विकासतर्फ ५० लाख ५० हजार, युव तथा खेलकुदतर्फ १२ लाख, सस्कृति पर्यटनतर्फ १७ लाख ५० हजार र सिचाइ योजनाका लागि २७ लाख बजेट विनियोजन गरिएको छ ।

यस्तै एकल महिलासंग उपाध्यक्ष कार्यक्रम संचालन गर्न, पानी शुद्धीकरण योजना कार्यान्वयन गर्न, युवा उद्यम कार्यक्रम संचालन गर्न, एक गाउँ एक उत्पादन कार्यक्रम कार्यान्वयन गर्न, कृषि एम्बुलेन्स संचालन गर्न, मकै बाली प्रवर्द्धन गर्न र धुवा रहित चुलो कार्यक्रम संचालन गर्न पनि पालिकाले बजेट विनियोजन गरेको छ । पूर्ण पोषणमैत्री पालिका अभियान, पूर्ण सस्थागत सुत्केरी अभियान र पूर्ण खोप सुनिश्चितता अभियानका लागि पनि पालिकाले आवश्यक बजेट विनियोजन गरेको छ । गाउँपालिकाका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीका अनुसार दोस्रो गाउँसभाको तेस्रो अधिवेशनले पालिका उपाध्यक्ष बोगटीले प्रस्तुत गरेको बजेट पनि पारित गरेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।