२०८३ जेष्ठ १५ शुक्रबार
२०८३ जेष्ठ १५ शुक्रबार

देशकै नमुना अजयमेरु गाउँपालिकाको बजेट ४५ करोड ३९ लाख

डडेल्धुरा(अनुप बिक्रम मल्ल)- डडेल्धुराको अजयमेरु गाउँपालिकाले ४५ करोड ३९ लाख ६ हजार बजेट ल्याएको छ। आइतबार गाउँपालिका उपाध्यक्ष बसन्ती पालले आगामी आर्थिक वर्ष २०८०।८१ का लागि उक्त बजेट गाउँसभाको १३औँ अधिवेशमा प्रस्तुत गरेकी हुन्।

बजेटमा चालुतर्फ ९ करोड ५७ लाख ६० हजार, पूँजीगततर्फ १४ करोड १४ लाख ५३ हजार र शसर्ततर्फ २३ करोड ८६ लाख बजेट विनियोजन गरिएको छ। गाउँपालिकाको नीति तथा कार्यक्रम केहीदिनअघि अध्यक्ष उमेशप्रसाद भट्टले प्रस्तुत गरेका थिए।

गाउँपालिकाले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रलाई प्राथमिकता दिँदै बजेट ल्याएको गाउँपालिका अध्यक्ष भट्टले जानकारी दिए। अधिवेशले बजेट तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित भएको उनले बताए।

अजयमेरुले चालु आर्थिक वर्षभन्दा बजेट घटाएर ल्याएको हो। चालु आवमा गाउँपालिकाले ४७ करोड ५८ लाख १३ हजार बजेट ल्याएको थियो।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।