डडेल्धुरा /अनुप बिक्रम मल्ल – डडेल्धुराको गन्यापधुरा गाँउपालिकाले आ.व. २०८०।८१ का लागि ३५ करोड ४९ लाख १४ हजार १ सय बजेट ल्याएकोछ । पालिकाको १६ औं गाँउसभा बिहिबार उद्धघाटन गरिएको थियो । पालिकाले संघ प्रदेश र स्थानीय तहको गरि रु ३५ करोड ४९ लाख १४ हजार १ सय बजेट ल्याएको हो । जसमा चालु खर्च तर्फ २३ करोड ८७ लाख ३६ हजार १ सय , पुाजीगत तर्फ ११ करोड ६१ लाख ७१ हजार १ सय रहेको पालिकाका प्रवक्ता चक्र बशादुर देउबाले जानकारि दिनुभयो ।
आ.व. २०८०।८१ को निती तथा कार्यक्रम उपाध्यक्ष मार्फत पेस भए पछि क्षेत्रगत रुपमा गन्यापधुरा गाँउपालिकाका बिषयगत शाखाहरु लाई न्यायोचित वजेट विनियोजन गर्दै प्रस्तुत आ.व. २०८०।८१ को बार्षिक बजेट तथा कार्यक्रम माथि छलफल गरि अब बस्ने अधिबेसन बाट पालिकाले स्किृत गर्ने गरि पालिका अध्यक्ष ईन्द्र बहादुर कार्किको अध्यक्षतामा दास्रो बैठक सम्पन्न आज भएकोछ ।
























