डडेल्धुरा – डडेल्धुराको गन्याधुरा गाउँपालिकाको १६ औं गाउँ सभाको अधिवेशनमा सुरु भएको छ । १६ औं गाउँ सभाको अधिवेशनमा नीति तथा कार्यक्रमसंगै आगामी आर्थिक वर्षको बजेट, गाउँपालिकालाई आवश्यक पर्ने ऐन, नियमावली, कार्यविधिमाथि छलफल सुरु भएको गन्यापधुरा ३ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता चक्र देउवाले बताए।



१६ औं गाउँसभाको आजको बैठकमा नीति तथा कार्यक्रममा छलफल गरिएको भने भोलिको बैठकमा आर्थिक विधेयक र बिनियोजन विधेयक माथी दफावार छलफल गरिने कार्यसूची तय गरिएको उनले बताए । असार १० गते नीति तथा कार्यक्रमको पुर्ण पाठ सार्वजनिक गरिने प्रवक्ता देउवाले बताए ।
१६ औं गाउँसभाको अधिवेशन गाउँपालिकाको सभाहल भएको हो । सभामा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, ५ वटै वडाका वडाध्यक्ष र कार्यपालिका सदस्य लगायतको सहभागी रहेको थियो ।
Views: 147

























