२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

मोहन्याल गाँउपालिका अधयक्ष देविदत्त जो श्रमदानमा लागे

डडेल्धुरा – कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले ‘श्रमदान महाअभियान’ शुरू गरेका छन् । ‘म बनाउँछु मेरो मोहन्याल’ नारा दिएर शुरू गरिएको अभियान आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत समावेश गरिने उनले बताए ।

‘म बनाउँछु मेरो मोहन्याल मूल नाराका साथ श्रमदान महाअभियान आव २०८०।०८१ को नीति तथा कार्यक्रममा समेत प्राथमिकताका साथ आउनेछ,’ उनले सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गरेका छन ।

फेसबुकमा गिट्टि कुट्दै गरेको फोटा सहित स्टेटस हालेका उनले देखाउन मात्र नभई मोहन्याल बनाउने उद्देश्यले अभियान शुरू गरिएको उनले बताएका छन । उक्त अभियान अन्तरगत साताको एक दिन सबै जनप्रतिनिधिले अनिवार्य श्रमदान गर्नेगरी योजना बनाइने उनले बताएका छन । आफू सातामा एक दिन प्रत्येक वडामा श्रमदानमा जाने उनले जानकारी दिए ।

उनले आफैंबाट अभियानको थालनी गरेका छन् । उनले वडा नम्बर ४ स्थित शान्तिपुर खानेपानी योजनामा श्रमदान गरेर अभियानको शुरूआत गरेका हुन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।