२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

डडेल्धुराकै उत्कृष्ट विद्यालय बन्यो अजयमेरुको देवल मा.वि.

डडेल्धुरा(दिपकराज भट्ट) – डडेल्धुरा जिल्लाको अजयमेरु गाँउपालिकामा रहेको देबल मा.वि. जिल्लकै उतकृष्ट विद्यालय घोषित भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शैक्षिक गुणस्तर परीक्षण केन्द्रले सार्वजनिक गरेको नतिजा अनुसार देवल मावि जिल्लाकै उत्कृष्ट बनेको हो।

विद्यालयको व्यवस्थापकीय तथा शैक्षिक कार्यमा राम्रो काम गरेकाले जिल्लाकै उत्कृष्ट विद्यालयमा अटाएको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’ले बताए।शैक्षिक समीक्षा, कार्यालयको कार्यसम्पादन परीक्षणबाट देवल मा.वि. जिल्लाकै उत्कृष्ट र देशको २५औँ नम्बरमा राम्रो विद्यालयमा परेको उनले बताए।

तत्कालिन देबल गाँउबिकासमा रहेकको देबल मा.वि को स्थापना वि.सं २०१२ सालमा भएको थियो । विद्यालयमा हाल १६ ओटा सिसिटिभि क्यामरा जडान गरिएका छन् , विद्यालय परिसरमा पुलबारि स्थापना गरिएको छ । हालको विद्यार्थी संख्या ५ सय २० रहेकोछ । विद्यालयमा भवन संख्या १० (पक्कि ) रहेको विद्यालयका प्रध्यानाध्यापक डम्बर पालले खबरदारी न्युजलाई जानकारि दिए ।

अभाव तथा समस्याहरु के के छन् भन्ने प्रश्नमा पालले भन्नु भयो ईहाजिर बिग्रेकोछ मर्मतका लागि पठाएका छौ , सेनेटरि प्याड मेसिन छात्रा संख्या बढि हुँदा प्रभावकारि नभएको बताए ।
विद्यालयमा स्टाप बैठक मासिक बस्ने गरेको छ भने विद्यालय वलयवस्थापक समितिको बैठक पनि मासिक रुपमै बस्ने गरेकाछ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।