डडेल्धुरा( दिपकराज भट्ट) – जिल्ला प्रहरी कार्यालय डडेल्धुराले आफ्नो सकिृयता बढाएकोछ । डडेल्धुरामा हुने घटनाहरु कम गर्नका लागि प्रहरी कार्यालयले राती मापसे जाँच गर्दै आएकोछ । सवारि दुर्घटना न्युनिकरणमा यो प्रभावकारि भएको प्रहरी साहयक निरिक्षक उमेश कुमार धामीले बताउनु भयो ।
पहिला दैनिक १० देखि १५ जना सम्म मापसेका घटनाहरु देखिन्थ्ये भने अहिले न्युन भएकोछ धामीले थपे हामीले दुर्घटना न्युनिकरणका लागि यो अभियान निकै प्रभावकारि मानेका छौ । डडेल्धुराका मुख्य राजमार्गमा दैनिक रुपमा राती मापसे जाँच गरिदै आएकोछ ।




Views: 231

























